पथरीशनिश्चरे / १३ औं विश्व रेविज दिवशका अवसरमा मोरङको पथरीशनिश्चरे नगरपालिकाका घरपालुवा कुकुर र विरालोलाई निःशुल्क रुपमा रेविज रोग विरुद्धको खोप लगाउने अभियान सुरु भएको छ ।
वडा नम्वर ६ स्थित मंगलबारेमा रहेको पशु सेवा केन्द्रमा शनिवार आयोजित निःशुल्क शिविरमा ६० वटा कुकुर र ३ वटा विरालोलाई खोप लगाइएको छ ।
नगर प्रमुख दिलिपकुमार राई, ६ नम्वर वडाध्यक्ष जयबहादुर तामाङ सहितले कार्यक्रमको उद्घाटन् गर्दै रेविज खोप लगाएको कार्ड समेत पशुधनीलाई वितरण गरेका छन् । नगरपालिकाको पशुपंक्षी शाखा एवम् पाराभेटेरीनगरी एण्ड लाइभस्टक एशोसियसन इकाई कमिटीको आयोजनामा शिविर सञ्चालन भएको हो ।
रेविज रोग उन्मुलनका लागि वडा वडामा समेत कुकुर र विरालोलाई खोप लगाउने योजना रहेको शाखाका प्राविधिक पर्वत शाहले जनाए ।