लक्ष्मीमार्ग/ लक्ष्मीमार्गमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपमा उपाधिका लागि पाहुना टोली रोयल क्लब सिलिगुडी भारत र धरान एफसी सुनसरी भिड्ने भएका छन् ।

बिहीबारका खेलमा रोयलले विभागीय नेपाल एपीएफलाई ३–० ले हराउँदै उपाधि नजिक पुगेको हो । रोयलबाट निशान लिम्बूले २ गोल गर्दा सञ्जय सुब्बाले एक गोल गरे ।

खेलको म्यान अफ दी म्याच बनेका रोयल क्लबका निशान लिम्बूले नगद ५ हजार रुपैयाँ पाए । उपाधि भिडन्त शनिबार हुँदै छ । धरानले मदन भण्डारी स्पोर्टस एकेडेमीलाई हराउँदै उपाधि होडमा उभिएको थियो ।