रानूको बायोपिक बन्ने

alt
  • आश्विन १०, २०७६
  • ब्लाष्ट खबर

एजेन्सी, मुम्बई/ चर्चित गायिका लता मंगेशकरको गीत ‘एक प्यार का नगमा है’ ले रानू मण्डलको किस्मत रातारात बदल्यो । उनी इन्टरनेट सेन्सेशन बनिसकेकी छन् । अहिले उनको नाम नसुन्ने सायदै होलान् । उनी अहिले संसारभर चर्चित भएकी छन् । हरेक कोही उनको सुरिलो आवाज र गायिकीको कायल छन् । कोलकाताको स्टेशनमा गीत गाउने उनको जिन्दगी अहिले पूरै बदलिएको छ ।

अब उनको जिन्दगीमाथि फिल्म निर्माण हुन लागेको जानकारी प्राप्त भएको छ । इन्स्पायर फिल्ममेकर ऋषिकेश मण्डलले उनको जीवनीमा फिल्म बनाउने तयारी थालेका छन् । प्राप्त जानकारी अनुसार, रानूको बायोपिक फिल्मका लागि साउथकी चर्चित अभिनेत्री सुदीप्ता चक्रवर्तीलाई अप्रोच गरिएको छ । यसको खुलासा उनी स्वयंले गरेकी हुन् ।

एक अन्तर्वार्तामा उनले भनिन्, ‘हो, मलाई फिल्म अफर भएको छ । तर, मलाई फिल्मको स्क्रिप्ट मिल्न बाँकी छ । स्क्रिप्ट पाएपछि फिल्म गर्ने वा नगर्ने टुंगो लाग्छ । यद्यपि, मलाई फिल्म गर्ने इच्छा भने छ ।’ जर्नालिस्टबाट निर्देशक बनेका ऋषिकेशले फिल्मको नाम ‘प्लेटफर्म सिंगर रानू मण्डल’ राखेका छन् । फिल्ममा रानूको रेलवे स्टेशनदेखि बलिउडसम्मको सफर देखाइनेछ ।

निर्देशक ऋषिकेश भन्छन्, ‘सुदीप्ता चक्रवर्तीलाई फिल्म अप्रोच गरेको सत्य हो । तर, उनीबाट अहिलेसम्म कुनै जवाफ आएको छैन । मलाई लाग्छ कि यो क्यारेक्टरलाई उत्कृष्ट तरिकाले यदी कसैले दर्शाउन सक्छ भने त्यो उनी नै हुन् ।’ उनी रानू देशका कयौं महिलाका लागि एक मिसाल रहेको बताउँछन् । रानूको जीवनीमाथि फिल्म बनाउने अहिले सही समय रहेको उनको भनाई छ ।

साभारः फिल्मीखबर

शंखधर साख्वा प्रवेशद ...

धनकुटा / धनकुटा नगरपालिका वडा नं.७ त्रिवेणी चोकस्थित सब ...

प्रदेश १ को ९ जिल्ला ...

विराटनगर / संखुवासभामा शनिबार २ जना कोरोना संक्रमित पुष ...

संखुवासभामा देखियो द ...

संखुवासभा । संखुवासभामा पहिलो पटक दुई जनामा कोरोना देखि ...

रुकुम घटनाः दोषीमाथि ...

पथरी । रुकुम पश्चिमको चौरजहारीमा भएको नवराज विक सहित ३ ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved