धरान / अनेरास्ववियुक राष्टकै ठूलो ब्यबहारिक बिश्वबिद्याललय भएको अनेरास्ववियुका केन्द्रिय संयोजक ऐन महरले बताएका छन। अनेरास्वबियु र क्रान्तिकारी केन्द्रीय प्रबिधी क्याम्पस हात्तिसार क्याम्पसद्वारा आज आयोजित दशै तिहार शुभकामना आदानप्रदान तथा अगुवा बिद्यार्थी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन।
मानवता, समानता, अनुशासन, संस्कृत संरक्षण, विभेद अन्त्य गर्ने, न्याय स्थापना गर्ने ब्यवहारिक ज्ञान केवल अनेरास्ववियुले मात्र प्रदान गर्ने गरेको उनको भनाई पिथयो ।
अनेरास्ववियुका प्रगतिशिल बिद्यार्थी उत्पादन गर्ने कारखाना भएको समेत उनले बताए । शिक्षामा माफियाको हाबी भएकोले सो को अन्त्यको लागि अनेरास्ववियुले बिबेकशिल आन्दोलन गर्ने केन्द्रीय सदस्य दिपेस पुनले बताए।
कार्यक्रममा बिद्यार्थी नेताहरु, नेकपाका प्रदेश सदस्य विजय राई सुनसरी जिल्ला सचिब रमेश बस्नेत, जिल्ला कमिटी सदस्य प्रकाश राई, पदम इस्बो, नेकपा धरान नगरकमिटी अध्यक्ष नारायण सुवेदी, नगर सदस्य राजमणी निरौला, लगायतका नेताहरू उपस्थित रहेका थिए। कार्यक्रम सुनसरी जिल्ला अध्यक्ष जिबि गजलको अध्यक्षतामा सम्पन्न भएको थियो।