Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • एक्काइसौँ शताब्दीको विकासको मार्ग चीनको सफलताले निर्धारण गर्नेछः प्रम ओली

एक्काइसौँ शताब्दीको विकासको मार्ग चीनको सफलताले निर्धारण गर्नेछः प्रम ओली

alt
  • असोज ७, २०७६
  • रासस
 
काठमाडाैं / प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी चीन शक्तिशाली देश भइकन पनि दम्भपूर्ण र अवाञ्छित गतिविधिमा नलाग्नु विश्व राजनीतिक इतिहासमा नयाँ परिदृष्य भएको बताएका छन । नेकपाको केन्द्रीय स्कूल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागले आयोजना गरेको विचारधारात्मक छलफल कार्यक्रमको शुभारम्भका अवसरमा सोमबार प्रधानमन्त्रीले दिए । उनले भने, “ कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप कुनै पनि बहानामा किन नहोस्, हुनुहुँदैन भन्ने हाम्रो दृढ मान्यता छ । हामी चीनको आन्तरिक मामिलामा पनि कुनै पनि बहानामा बाह्य चलखेल हुनुहुँदैन भन्नेमा स्पष्ट छौंँ ।”
 लिखित मन्तव्यको पूर्णपाठ ः
आज यस महत्वपूर्ण भेलामा चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा विदेश विभाग प्रमुख महामहिम सोङ ताओसंँग दुई देशका सत्तारुढ दल– चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीले अंँगालेको विचार र विचारधाराका बारेमा आप्mनो विचार राख्न पाउँदा मलाई औधि खुशी लागेको छ । यस अवसरमा, एकहप्तापछि मनाइने चीनको ७० औंँ राष्ट्रिय दिवसको बधाई ज्ञापन गर्दछु । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका महामहिम राष्ट्रपति कमरेड सि चिन फिङले गर्नुभएको ‘वर्ष २०२० सम्ममा चीनको ग्रामीण भूभागका बासिन्दालाई हालको गरीबीको रेखाभन्दा माथि उठाउने’ प्रतिबद्धता पूरा होस् र चीनले देखेको समाजवादी सपना शीघ्र पूरा होस् भन्ने हार्दिक शुभकामनासमेत व्यक्त गर्दछु ।
हाम्रा दुई पार्टीहरुबीच आज विचारधारात्मक (आइडोलोजिकल) प्रश्न र विचारधारा (थट) का बारेमा जुन उचाइबाट छलफल प्रारम्भ भएको छ, यसले मलाई अत्यन्त खुशी र उत्साहित बनाएको छ । दुई पार्टीबीच बढ्दो घनिष्ठतासँंगै हामीले देखेको समृद्धिका सपना, हामीले बोकेको विचार र त्यसको सिर्जनात्मक प्रयोगका सकारात्मक परिणाम र सामना गर्नुपरेको चुनौतीबारे अनुभव आदानप्रदान हुनु एकदमै स्वाभाविक र सान्दर्भिक रहेको म ठान्दछु । छिमेकीको हिसाबले, चीन र नेपाल परापूर्व कालदेखि कै घनिष्ठ मित्रहरु हुन् । हामी अग्ला हिमाल र हिमाली नदीहरुबाट जोडिएका छौंँ । प्रकृतिले हाम्रा सिमानामा खडा रहेको हिमाल र बगिरहेको हिमनदीले हाम्रा सम्बन्ध पनि हिमाल जत्तिकै उच्च र कञ्चन छ, वेगवान् गतिमा बगिरहने हिमाली नदी जस्तै स्वच्छ र अविच्छिन्न छ भन्ने बताई रहेको छ। हाम्रो मित्रता खुल्ला छ, स्वतन्त्र छ र अटल छ । हामी एक अर्काको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्दछौंँ । एक अर्काका हितहरु र संवेदनशीलताको ख्याल गर्दछाँैँ । राष्ट्रिय स्वाभिमानको कदर गर्दछौंँ । तर हाम्रो मित्रता स्वार्थहरुको लेनदेन भन्दा धेरैमाथि सम्मान, साथ र सहयोगमा उठेको छ । हाम्रा दुई देशबीच समस्यारहित सम्बन्ध छ । हामीले हाम्रो मित्रतालाई पारस्परिक लाभ र सहयोगी भावनाको आधारमा अघि बढाइरहेका छौंँ । समयक्रममा अघि बढ्दा आइपर्ने विषयहरुलाई मैत्रीपूर्ण आपसी संवादको माध्यमबाट समाधान गर्दै अघि बढ्छाँैं । हामी एक चीन नीतिमा सँधै स्पष्ट र दृढ छौंँ । छिमेकी मित्र राष्ट्र चीनका विरुद्ध हामी, हाम्रो भूमिको प्रयोग हुन दिंँदैनौंँ । कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप, कुनै पनि बहानामा किन नहोस्, हुनुहुँदैन भन्ने हाम्रो दृढ मान्यता छ । हामी चीनको आन्तरिक मामिलामा पनि कुनै पनि बहानामा बाह्य चलखेल हुनुहुँदैन भन्नेमा स्पष्ट छाैं ।
कुनै पनि देशको शान्ति सुव्यवस्था र अमनचैन खलबल्याउन, स्थायित्वमा समस्या ल्याउन, सामाजिक एकतालाई बिथोल्न वा विकास प्रयासका गतिमा व्यवधान खडा गर्न बाहिरबाट प्रत्यक्ष वा परोक्ष रुपमा कसैले पनि, कुनै पनि अवस्था र बहानामा हात हाल्नु उचित हुनै सक्तैन । मुलुकहरु बलियो हुँदा कहिलेकहीँ अनपेक्षित रुपमा दम्भ बढ्छ र तिनीहरुबाट असहज गतिविधि हुने गर्छ । तर, चीन शक्तिशाली देश भैकन पनि यस्ता अवाञ्छित गतिविधिमा नलाग्नु विश्व राजनीतिक इतिहासमा नयाँ परिदृष्य हो । यस व्यवहारबाट चीनले अँगालेको राजनीतिक प्रणालीसंँग अरु राजनीतिक प्रणालीको भिन्नता र श्रेष्ठतालाई स्पष्ट पारेको छ । चीन न्यायोचित विश्व व्यवस्था, शान्ति, समानता, सहअस्तित्व एवं भविष्यतर्फ उन्मुख सहयोगात्मक अग्रसरतामा विश्वास गर्छ भन्ने कुरा यस व्यवहारबाट पनि स्पष्ट हुन्छ । चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसाैं राष्ट्रिय कँग्रेसमा पार्टीका महासचिव कमरेड सि चिन पिङद्वारा अघि सारिएको ‘टुवार्ड अ प्mयुचर अफ सेयर्ड प्रस्पेरिटी’ अवधारणा र चीनको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ले यस कुरालाई अझ स्पष्ट पारेको छ । क्रान्तिको नेतृत्व गरेर मात्र होइन समृद्धि हासिल गर्ने जनताको चिरकालदेखिको सपना पूर्ण गरेर चिनियाँ कम्युनिष्ट पार्टीले आप्mनो गौरवमय इतिहास रचेको छ ।
विकास र सुशासनको मामिला, चिनियाँ प्रगति र दृढसङ्कल्प वास्तवमै प्रेरणादायी छ । कम्युनिष्ट पार्टीहरुले क्रान्तिको नेतृत्व त गर्न सक्छन् तर विकासको गर्न सक्दैनन् भन्ने बुर्जुवा शक्तिको प्रचारलाई चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वले झूटो साबित गरिदिएको छ । तर यस अवस्थासम्म आईपुग्न स्थापनाको समयदेखि हालसम्म चिनियाँ कम्युनिष्ट पार्टीले झण्डै एक शताब्दी लामो, उतार÷चढावपूर्ण यात्रा तय गरेको छ । यदि चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व हुँदैन थियो भने क्रान्तिपूर्वको २८ वर्ष लामो कठिन क्रान्तिकाल र जनवादी गणतन्त्र चीनको स्थापनापछिको सात दशकभित्रै चिनियाँ समाजको रुपान्तरणमा आजको अभूतपूर्व उपलब्धि सम्भव हुने थिएन । चिनियाँ कम्युनिष्ट पार्टीले क्रान्तिको नेतृत्व गरिरहेको समयमा चिनियाँ विशेषतासंँग मिल्दो अनुसरण गर्न मिल्ने देश वा आन्दोलनहरुसमेत थिएनन् । जे जस्तो नीति अबलम्बन गर्नुपर्ने थियो, ती सबै आप्mनो अनुभव र क्षमताकै आधारमा गर्नुपर्ने थियो । त्यही बाध्यता र चिनियाँ नेतृत्वको सिर्जनशीलताले ‘माओ विचारधारा’ जन्मायो, जुन चिनियाँ क्रान्तिको लागि मार्गदर्शक सिद्धान्त मात्रै बनेन, संघर्षरत विभिन्न मुलुकहरुका आन्दोलनका लागि पनि प्रेरणा बन्न पुग्यो । माक्र्सवादको रक्षा र प्रवद्र्धनमा सिर्जनात्मक प्रयोगको मामिलामा पनि चिनियाँ अनुभव अब्बल रहँदै आयो । म स्मरण गर्छु– पार्टी इतिहासमा मुख्य मोडहरुको चर्चा गर्दा चिनियाँ मित्रहरू अक्सर तीन प्रमुख विचारधारात्मक मोडहरुबारे चर्चा गर्ने गर्नुहुन्छः – सातौँ राष्ट्रिय महाधिवशेनद्वारा माओ–त्से–तुङ विचारधाराको स्वीकृति, जसले चीनमा माक्र्सवादको सिर्जनात्मक र नवीन प्रयोग गर्न मार्गप्रशस्त ग¥यो । – कमरेड माओको निधनपछि सिर्जना भएको अन्योललाई चिर्दै कमरेड तङ स्याओ पिङद्वारा प्रतिपादित खुलापन र आधुनिकीकरणको नीति, जसले चीनमा विकासको नयाँ युगको प्रादुर्भाव ग¥यो ।
– र, चिनियाँ विशेषतासहितको समाजवाद तथा नयाँ युगका लागि सि चिन पिङ विचारधारा । निःसन्देह अहिलेको समयमा सबै प्रगति र उपलब्धिहरुको श्रेय चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं महामहिम चिनियाँ राष्ट्रपति सि चिन फिङलाई जान्छ । उहाँको सही र गतिशील नेतृत्व एवं चीनको आन्तरिक तथा विश्व व्यवस्थासम्बन्धी उहाँका सुल्झिएका, समयानुकूल र गतिशील सोचहरुको शृङ्खलाले एउटा विचार प्रणाली (स्कूल अफ थट)को आकार ग्रहण गरेका छन् जसलाई चिनियाँ कम्युनिस्ट पार्टीले ‘सि चिन पिङ विचारधारा’को नाम र दर्जा दिएको छ । आर्थिक–सामाजिक विकासका अनेक क्षेत्रमा अभूतपूर्व उपलब्धि हासिल गरेर मित्र राष्ट्र चीनले विभिन्न मानक कायम गरी विश्वलाई नै चकित तुल्याइदिएको छ । एक्काइसौँ शताब्दीको विकास र सफलताको मार्ग वास्तवमा चीनको विकास र सफलताको मार्गले निर्धारण गर्नेछ भन्नेमा अब धेरैमा भ्रम रहेन । त्यसैेले, चिनियाँ मोडेलको विकास दिगो र सफल हुने कुरामा विश्वास गर्न सकिन्छ । यस मोडेलमा संकटहरु कम प्रकट हुने र देखा परेका चुनौतीहरु सामना गर्न सकिने कुरामा पनि विश्वास गर्न सकिन्छ । किनभने यो विकास, आप्mनै मौलिक जगबाट उठेको, आप्mनै बुद्धि, पसिना एवं प्रयासमा हुर्किएको र व्यापकतालाई अँगालेको हुन्छ । यो मोडेल र यस मोडेलले अँगालेको अबको जमानाको विकास मोडेल, औपनिवेशिक जमानाको जस्तो उपनिवेशका स्रोतमाथि कब्जा जमाएर तिनका पसिनामा सवार भएर हासिल गरिएको कृत्रिम विकास र वैभव हैन । चीन अहिले विश्वको– – दोस्रो ठूलो अर्थव्यवस्था, – औद्योगिक वस्तु उत्पादन गर्ने सबैभन्दा ठूलो देश, – वैदेशिक मुद्रा सञ्चय गर्ने विश्वको सबैभन्दा ठूलो देश, – व्यापारिक मालवस्तु निर्यात गर्ने विश्वको सबैभन्दा ठूलो देश, – वैदेशिक प्रत्यक्ष लगानी गर्ने विश्वको दोस्रो ठूलो देश, – विकासका लागि वित्त व्यवस्था गर्ने विश्वकै अगुवा मुलुक, – र, विश्वको आर्थिक वृद्धि र समृद्धिमा महत्वपूर्ण योगदान गर्ने मुख्य देश हो । नेपाल चीनसँग विकास साझेदारी गर्न चाहन्छ । आपसी अन्तरनिर्भरतामा आधारित सम्बन्ध स्थापित गरी दुवै देशबीच लाभकारी सहकार्य स्थापना गर्न सकिन्छ भन्ने हाम्रो साझा निष्कर्ष हो । चीनको घनिष्ठ र नजीकको छिमेकी भएका नाताले आर्थिक–सामाजिक तथा प्रविधि विकासका क्षेत्रमा चीनले गरेको चौतर्फी र तीव्र प्रगतिबाट नेपाली जनता अत्यन्तै खुशी छन् ।
नेपालले हालसालैका वर्षमा महत्वपूर्ण राजनीतिक परिवर्तन तथा उपलब्धि हासिल गरेको छ । द्वन्द्व र अस्थिरतामा रुमल्लिएर लामो अवधि व्यतीत गरेपश्चात् नेपाल प्रगतिशील र लोकतान्त्रिक संविधान जारी गर्न सफल भएको छ । आउने हप्ता तपार्इँहरुले धुमधामसँंग मनाउने राष्ट्रिय दिवस जस्तै तीन दिनअघि हामीले पनि भव्य रुपमा राष्ट्रिय दिवसका रुपमा मनायौंँ । सात दशक लामो अनवरत संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गरी नेपाली जनतालाई साँचो अर्थमा सार्वभौम नागरिकका रुपमा स्थापित गर्न सफल भएको दिन– संविधान जारी भएको दिनलाई हामीले संविधान दिवस तथा राष्ट्रिय दिवसका रुपमा मनाउन थालेका हौंँ । विचारधारात्मक सिर्जनात्मकताका हाम्रा आआफ्नै तर समान प्रकृतिका अनुभव तथा ऐतिहासिक मोडहरू छन् । सन् १९७० को दशकको झापा विद्रोहले टुक्राटुक्रामा विभाजित तत्कालीन कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन र पुनर्जीवित गर्न नयाँ गोरेटो पहिल्यायो । तत्कालीन नेकपा (एमाले)का महासचिव जननेता कमरेड मदन भण्डारीको उदय तथा उहाँले प्रतिपादित गर्नुभएको नौलो सिर्जनात्मक सिद्धान्त– जनताको बहुदलीय जनवादले सन् १९९० मा कम्युनिष्ट आन्दोलनमा आएको निराशालाई चिर्न मार्गदर्शन ग¥यो । नेपाल कम्युनिष्ट पार्टी, जनवादी गणतन्त्र चीन स्थापना भएकै वर्ष स्थापना भएको थियो । अनेक टुक्रामा विभाजित नेकपालाई, स्वरुपको हिसावले सन् १९४९ कै अवस्थामा र शक्तिको हिसाबले त्योबेलाको भन्दा कैयौंँ गुना बलियो, देशकै बलशाली पार्टीको रुपमा एकीकरण गर्ने काम करीब डेढ वर्षअघि सम्पन्न भयो ।
त्यो एकीकरण प्रक्रिया, सन् १९७० कै दशकमा निर्मित नेकपाको अर्को बलियो भँगालो तत्कालीन नेकपा (माओवादी केन्द्र) र तत्कालीन नेकपा (एमाले) बीचको ऐतिहासिक एकतापछि सम्पन्न भयो । चीनको तुलनामा हाम्रा आप्mना केही भिन्न विशेषताहरु छन् । हामीले माक्र्सवादलाई हाम्रा आफ्नै अनुपम र विशिष्ट आवश्यकता र चुनौतीलाई सामना गर्ने गरी स्थानीयकरण गरेका छौँ, तदनुरूपको साँचोमा ढालेका छौँ । संवैधानिक सर्वोच्चता, आवधिक निर्वाचन, मानवअधिकार, शक्ति पृथकीकरण, शक्ति सन्तुलन र स्वतन्त्र न्यायपालिकाजस्ता कुराहरू समाविष्ट भएको प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली हामीले अपनाएका छौँ । जनतासँग आफूलाई निरन्तर रूपमा जोडिराख्ने तन्तुहरू गुमाएको कुनै पनि राजनीतिक दलले सामाजिक उन्नति थेग्न वा त्यसका लागि योगदान गर्न सक्दैन । आमजनताको अटुट साथ र समर्थनले मात्र राजनीतिक दलहरूलाई सामाजिक रूपान्तरण गर्न र सुशासन प्रदान गर्न सक्षम बनाउँछ । तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकीकरणपछि जनताको जनवाद नेकपाको सिद्धान्त हो । ‘जनता’ शब्द हाम्रो जनवादको वर्गीय सार हो । प्रतिस्पर्धामा आधारित बहुदलीयता हाम्रो शासन प्रणालीको रुप हो । नेपाली समाजको विविधतायुक्त सामाजिक सांस्कृतिक जगमा आधारित विशिष्टतालाई समुचित सम्बोधन गर्न हामीले यस प्रकारको सिर्जनात्मक प्रयोग गरेका हौँ । हामी विविधता र बहुलताको सम्मान गर्दछौँ र माक्र्सवादले जोड दिने मूल आधारहरूप्रति समेत उत्तिकै कृतसंकल्पित छौँ । कम्युनिष्ट पार्टीको भूमिका प्रकाश देखाउने मसालवाहकको झैँ अनुपम र विशिष्ट हुने गर्दछ । यसले कैयौँ मुलुकहरूमा क्रान्तिको नेतृत्व गरी सामाजिक–आर्थिक रूपान्तरणको अगुवाइ गरेको छ । त्यसो हुँदा, समृद्धि र सुशासनका लागि कम्युनिष्ट पार्टीको भूमिका अपरिहार्य रहन्छ ।
हामीलाई लाग्दछ – त्यस्तो भूमिका प्रतिस्पर्धात्मक प्रणालीमार्फत् गर्न सकिन्छ । तर कम्युनिस्ट पार्टी अनुशासित र एकताबद्ध हुनै पर्छ । कुनैपनि बहाना या नाममा अराजकता, गुटबाजी र विखण्डन सही र स्वीकार्य हुनै सक्दैन । पार्टीले अङ्गीकार गरेको विचार जति राम्रा भए पनि त्यस्ता प्रवृत्तिहरुले ती राम्रा विचारलाई समाप्त बनाउँछ । गत वर्ष भएको मित्र राष्ट्र चीनको राजकीय भ्रमणको बेला मैले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कूल, बेइजिङमा सम्बोधन गर्ने मौका पाएको थिएँ । उक्त अवसरमा मैले हामीले अपनाएका केही सारभूत सिद्धान्तहरू निम्नानुसार रहेको उल्लेख गरेको थिएँ ।
१) हाम्रा मूल क्रान्तिकारी भावना र आदर्शहरू ओइलाउन नदिन हामीले समुचित बन्दोबस्त गरेका छौँ । दलीय राजनीतिमा प्राप्त सफलताले कार्यकर्ता पंक्तिमा आउन सक्ने आत्मतुष्टिमा रमाउने प्रवृत्ति तथा पार्टीका असल उद्देश्यबाट विचलित हुनसक्ने खतराप्रति हामी सचेत छौँ । कमरेड माओले भनेझैँ “शत्रुले परास्त गर्न नसकेका सहयोद्धाहरू विलास, अकर्मण्यता, भ्रष्ट आचरण तथा आत्मप्रशंसा जस्ता मीठा गोलीले ढल्न सक्छन् ।” म विश्वस्त छु– नेपाली तथा चिनियाँ दुवै देशका समाजवादी प्रारूपले यस कुरालाई बुझेका छन् ।
२) पूँजीवाद निर्देशित सामाजिक उन्नतिको कथनमार्फत पूँजीवाद र बुर्जुवा संस्कृतिबाट हाम्रो आन्दोलन पथभ्रंश हुनसक्दछ भन्ने तथ्यप्रति हामी सचेत छौँ । हामीले के देखेका छौँ भने समाजको उपल्लो तहलाई समृद्ध बनाए पनि, नवउदारवादले केही व्यक्तिको वर्ग रूपान्तरण गरे पनि, अन्ततः पूँजीवादले न्यायपूर्ण, समानतापूर्ण र जनकेन्द्रित विकास सहितको समाज स्थापना गर्न सक्दैन । जनताले अनुभूत गर्नसक्ने असली प्रगति समाजवादमा मात्र सम्भव छ ।
३) पार्टीका मूल सिद्धान्त, आदर्श तथा दृष्टिकोणसँग अविचलित राखिराख्न पार्टीका कार्यकर्ता पंक्तिलाई निरन्तर प्रशिक्षित, अभिमुखीकरण र मार्गदर्शन गरिराख्ने काम गर्नु आवश्यक छ । हाम्रो ध्यान युवापुस्तामा केन्द्रित हुनुपर्दछ, जसमा बल, ऊर्जा र सिर्जनात्मक शक्ति प्रचुर हुन्छ । तथापि, आक्रामक रूपले फैलिरहेको विश्व पूँजीवादको प्रभावले युवा समूहमा व्यक्तिवाद, उपभोक्तावाद तथा सामाजिक दायित्वबाट विमुख हुने प्रवृत्ति बढ्दो छ । तसर्थ, क्रान्तिमा परिपक्व भएका लामो अनुभवी पुस्ता र ऊर्जाशील युवापुस्ताबीचको खाडल पुर्न हामीले विशेष ध्यान दिनुपर्दछ ।
४) माक्र्सवादको रक्षा, प्रवद्र्धन तथा सिर्जनात्मक प्रयोग गर्नु पर्दछ । नवीन विचार तथा सोचप्रति हामी सदैव खुल्ला रहनुपर्दछ । नवप्रवत्र्तन र सिर्जनात्मकताको विकास हुने यसरी नै हो । अन्तमा, राजनीतिक दलले अनुकरण गर्नैपर्ने कुनै खास सूत्र हुँदैन । जतिसुकै सुन्दर भए पनि नक्कल, नक्कलै हो, त्यसो गर्नु हुँदैन । त्यो दिगो पनि रहन्न, अर्काको अनुकरणबाट सफलतामा पुग्नै सकिन्न । माक्र्सवाद सफल त्यतिखेर मात्रै हुन्छ, जब त्यसलाई हरेक देशले आप्mनै मौलिक परिस्थिति अनुरुप प्रयोग गरेको हुन्छ । चीनले आप्mनै ढाँचाको समाजवादी मोडेल प्रस्तुत गरेको छ । हामीले परिवर्तन र विकासको आप्mनै परिवेश र अन्तर्राष्ट्रिय परिस्थितिअनुरुपको नितान्त आप्mनै मोडेल अपनाएका छाँैं । यसरी हाम्रा दुई पार्टीहरु “जुत्ताको नापमा खुट्टा काट्ने” हैन परिस्थितिको ठोस विश्लेषण गर्दै आ–आप्mना मुलुकको धरातलीय यथार्थको आधारमा सिर्जनात्मक तरीकाले माक्र्सवादको प्रयोग र विकासमा समर्पित छन् ।
सम्बन्धित समाचार
धनकुटामा बस दुर्घटना, १२ घाइते

विजयपुर । धनकुटामा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा १२ जना घाइते ...

मेघा–हिमालयनद्वारा मिस एसईई र प्रदेश आइडलका विजेता सम्मानित

विजयपुर । मेघा–हिमालयन कलेजले सौन्दर्य तथा प्रतिभा प्रतियोगिताका विजेताहरूल ...

मेक्सिकोको विजयी सुरुवात

मेक्सिको सिटी । विश्व फुटबलको सबैभन्दा ठूलो महाउत्सव विश्वकप फुटबलको इतिहास ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
सङ्खुवासभामा पहिरोका कारण तीन परिवार विस्थापित
असार ८, २०८३
आत्मा पवित्र माङहिम बन्दैछ धार्मिक पर्यटकीय स्थल
असार ८, २०८३
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
असार ८, २०८३
शारा प्रतिष्ठानबाट धरानका व्यक्तित्व सम्मानित
असार ८, २०८३
झापाका ४ पालिका लागूऔषधको ट्रान्जिट पोइन्ट
असार ८, २०८३
ब्लाष्टका कार्यकारी सम्पादक सम्मानित
असार ७, २०८३
देश सेवामा खटिनेलाई सम्मान गर
असार ८, २०८३
आजको राशिफलः २०८३ साल असार ८ गते सोमबार
असार ८, २०८३
दोस्रो राष्ट्रिय र्ंयाङ्किङ ब्याडमिन्टन प्रतियोगिताको आय–व्यय सार्वजनिक
असार ७, २०८३
विश्वकर्मा कल्याण सेवा समिति धरान–५ को अध्यक्षमा प्रेम विश्वकर्मा चयन
असार ७, २०८३
लागूऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि आक्रमण, तीन जना घाइते
असार ७, २०८३
लागूऔषधसहित १३ जना पक्राउ
असार ७, २०८३
लाखौंका भन्सार छलीका सामान बरामद
असार ७, २०८३
बन्दुक बिसाएर बारीमा ‘क्रान्ति’
असार ७, २०८३
आज अन्तर्राष्ट्रिय योग दिवस
असार ७, २०८३
सङ्खुवासभामा पहिरोका कारण तीन परिवार विस्थापित
असार ८, २०८३
आत्मा पवित्र माङहिम बन्दैछ धार्मिक पर्यटकीय स्थल
असार ८, २०८३
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
असार ८, २०८३
शारा प्रतिष्ठानबाट धरानका व्यक्तित्व सम्मानित
असार ८, २०८३
झापाका ४ पालिका लागूऔषधको ट्रान्जिट पोइन्ट
असार ८, २०८३
ब्लाष्टका कार्यकारी सम्पादक सम्मानित
असार ७, २०८३
देश सेवामा खटिनेलाई सम्मान गर
असार ८, २०८३
आजको राशिफलः २०८३ साल असार ८ गते सोमबार
असार ८, २०८३
दोस्रो राष्ट्रिय र्ंयाङ्किङ ब्याडमिन्टन प्रतियोगिताको आय–व्यय सार्वजनिक
असार ७, २०८३
विश्वकर्मा कल्याण सेवा समिति धरान–५ को अध्यक्षमा प्रेम विश्वकर्मा चयन
असार ७, २०८३
लागूऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि आक्रमण, तीन जना घाइते
असार ७, २०८३
लागूऔषधसहित १३ जना पक्राउ
असार ७, २०८३
लाखौंका भन्सार छलीका सामान बरामद
असार ७, २०८३
बन्दुक बिसाएर बारीमा ‘क्रान्ति’
असार ७, २०८३
आज अन्तर्राष्ट्रिय योग दिवस
असार ७, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क