Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • पहिलोपटक पाइपलाइनबाट इन्धनः पेट्रोल, डिजेल र मट्टितेलको मूल्य दुई रुपैयाँ घट्यो

पहिलोपटक पाइपलाइनबाट इन्धनः पेट्रोल, डिजेल र मट्टितेलको मूल्य दुई रुपैयाँ घट्यो

alt नेपाल–भारत पेट्रोलियम पाईपलाईन परियोजनाअन्तर्गत मङ्गलबारदेखि सञ्चालनमा आएको नेपाल आयल निगमको अमलेखगञ्ज डिपोमा इन्धन भण्डारणका लागि स्तरीकरण गरिएका ट्याङ्की । तस्वीर : नवीन पौडेल
  • भदौ २४, २०७६
  • प्रकाश सिलवाल र अशोक घिमिरे (रासस)
 
पाइपलाइनबाट इन्धन ल्याइन थालेपछि ढुवानी खर्च कम भई नेपाली बजारमा उपभोक्ताले राहत पाउन थालेका छन् । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएसँगै नेपाल आयाल निगमले इन्धनको मूल्य समायोजन गरी आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलमा प्रतिलिटर रु दुई/दुई घटाएपछि उपभोक्तालाई राहत भएको हो । मूल्य घटेसँगै प्रतिलिटर डिजेल/मट्टितेल रु ९५ र पेट्रोल रु १०७ कायम भएको छ ।
 
यसअघि पेट्रोलको मूल्य रु १०९ र डिजेल/ मट्टीतेलको मूल्य प्रतिलिटर रु ९७ थियो । पाइपलाइनका कारण ढुवानी खर्च जोगिने भएपछि स्वचालित प्रणालीमा भाउ बढेमा कम प्रतिशतमा वृद्धि हुनेछ । पाइपलाइनाबाट इन्धन भित्र्याउन थालेपछि वार्षिक रु दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुनेछ । मुलुकले समृद्धि र आर्थिक विकासको लक्ष्य लिइरहेको बेला यस राष्ट्रिय आयोजनाले प्रत्यक्ष योगदान दिने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।
 
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रिमोट थिचेर इन्धन ‘सेन्डिङ’ र प्रधानमन्त्री केपी शर्मा ओलीबाट ‘रिसिभिङ’ गरेपछि आज परियोजनाको शुभारम्भ भएको थियो । यसअघि भारतको रक्सौल नाकाबाट दैनिक १५० भन्दा बढी गाडीमा पेट्रोल र डिजेल आउने गरेकामा त्यसको ढुवानी खर्च पूरै बचत हुनेछ । पाइपलाइनका लागि अतिरिक्त कर्मचारी र बिजुली खर्च लाग्ने छैन । यसरी नयाँ प्रविधिबाट तेल आउँदा प्रतिलिटर ६० पैसासम्म कम पर्न आउने अनुमान गरिएको छ ।
 
परियोजना शुरु भएपछि वार्षिक करीब रु दुई अर्ब बचत हुने निगमको अनुमान छ । हाल भारतबाट छ हजार किलोलिटर डिजेल र एक हजार किलोलिटर पेट्रोल आयात हुँदै आएको छ । यस परियोजनाले मासिक रु एक अर्ब २९ करोड घाटामा रहेको निगमलाई पनि घाटापूर्तिमा सघाउनेछ । नेपालमा पेट्रोलभन्दा डिजेलको माग बढी भएकाले हालका लागि यसबाट डिजेल ल्याइनेछ । आवश्यकताअनुसार चौबीसै घण्टा चल्ने यो पाइपलाइनबाट प्रतिघण्टा २०० किलोलिटर तेल झर्ने क्षमता छ ।
NP_KTM_20190805_NP_KTM_20190805_IMG_3244
नेपाल–भारत पेट्रोलियम पाईपलाईन परियोजनाअन्तर्गत मङ्गलबारदेखि सञ्चालनमा आएको नेपाल आयल निगमको अमलेखगञ्ज डिपोमा इन्धन भण्डारणका लागि स्तरीकरण गरिएका ट्याङ्की । तस्वीर : नवीन पौडेल
 
नेपाल आयल निगमका अमलेखगञ्ज डिपो (क्षेत्रीय कार्यालय)का प्रमुख प्रदीप यादवका अनुसार परियोजनाको ‘पाइपिङ’ प्रणालीअन्तर्गत मेकानिकल र सिभिलकार्य गत महीना सकिए पनि शुभारम्भको मिति आज जुरेकाले डिजेल ल्याउन शुरु गरिएको हो । भारतीय पक्षले नेपालका २५ कर्मचारी र प्राविधिकलाई लखनऊमा दुई साताको तालीम दिएको थियो भने अबको एक वर्षसम्म परियोजनालाई प्राविधिक सहयोग गर्नेछ । दक्षिण एशियामै पहिलो अन्तरदेशीय पाइपलाइन नेपालतर्फ ३६ दशमलव २ र भारततर्फ ३३ किलोमिटर गरी कूल ६९ दशमलव २ किलोमिटर दूरीमा पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भई यसअघि परीक्षणका रुपमा पाइपबाट डिजेल ल्याइसकिएको छ ।
 
यो दक्षिण एशियामै पहिलो अन्तरदेशीय (क्रस बोर्डर) पाइपलाइन परियोजना हो । पाइपलाइनबाट डिजेल, पेट्रोल ल्याउन थालेपछि यसको प्रविधिबाट सम्पूर्ण सूचना (विवरण) नियन्त्रण कक्षमा जानकारी हुने प्रणाली विकास गरिएको छ । कति आएको, चुहिएको, रोकिएको वा कुनै अवरोध भएमा त्यसको सूचना कम्प्युटर प्रणालीमा जानकारी हुनेछ । शुरुमा रक्सौल–अमलेखगञ्जसम्म पाइपलाइन बिछ्याउने भनिएकामा भारतीय आयल निगमले रक्सौलको डिपो मोतिहारीमा सारेकाले मोतिहारीदेखि नै पाइप बिछ्याइएको हो ।
 
भारतको बरौनीबाट पटना, कानपुर, सेवान, मोतिहारी हुँदै अमलेखगञ्जमा इन्धन आउनेछ । पाइपलाइन शुरु भएपछि दुई देशको सीमामा हुने अन्य तनाव वा सवारी जामले आपूर्तिमा कुनै अवरोध गर्ने छैन । पाइपलाइनबाट इन्धन ल्याउन थालिएपछि प्रदूषण कम पनि हुनेछ । पाइपलाइनलाई प्रथम चरणमा अमलेखगञ्जदेखि चितवनसम्म जोड्न ‘फाष्टट्र्याक’को आवश्यक सम्भाव्यता अध्ययन गरी विस्तृत प्रतिवेदन भइरहेकको निगमले जनाएको छ ।
 
पाइपलाइन निर्माण, डिपो निर्माण तथा जग्गा खरीद आदि कार्यलाई छुट्टै परियोजनाको रुपमा संरचना, कार्यविधि आदि बनाई व्यवस्थित तबरबाट अघि बढाइन पनि तयारी भएको छ । एलपी ग्यास तथा प्राकृतिक ग्यासको पाइपलाइनको सम्भाव्यता अध्ययन तथा चीनको केरुङदेखि त्रिशूली वा धादिङसम्म पाइपलाइन विस्तार गर्न सम्भाव्यता अध्ययनको कार्य अगाडि बढाइने निगमले जनाएको छ । यसरी बिछ्याइयो पाइप पेट्रोलियम पदार्थको मागअनुसार बिनाकुनै बाधा अवरोध सहजरूपले आपूर्ति गर्न, गुणस्तर कायम राख्न तथा नोक्सानी कम गर्न भारतीय आयल निगमले रक्सौल डिपोदेखि निगमको इन्धन डिपो अमलेखगञ्जसम्म पेट्रोलियम पदार्थको ढुवानी गर्न पाइपलाइन बिछ्याउन सघाएको हो ।
 
परियोजना निर्माणका लागि प्रधानमन्त्री ओलीको पहिलो औपचारिक भारत भ्रमणका क्रममा भारत सरकार र नेपाल सरकारबीच २०७२ भदौ ७ मा हस्ताक्षर भएको थियो । सन् २०१५ अगष्ट २५ मा भारतीय आयल निगम र नेपाल आयल निगमबीच सम्झौता भएको थियो । नेपालतर्फ २०७५ वैशाखदेखि पाइपलाइन बिछ्याउन शुरु गरिएको थियो । ७ मार्च २०१८ मा सम्पन्न हुने भनिएको यो परियोजनाअन्तर्गत पाइप बिछ्याउने कार्य ३० जुन २०१९ मा सम्पन्न भएको थियो ।
 
NP_KTM_20190805_IMG_3045
नेपाल–भारत पेट्रोलियम पाईपलाईन परियोजनाअन्तर्गत मङ्गलबारदेखि सञ्चालनमा आएको नेपाल आयल निगमको अमलेखगञ्ज डिपोमा इन्धन भण्डारणका लागि स्तरीकरण गरिएका ट्याङ्की । तस्वीर : नवीन पौडेल
 
मूल सडक (हाइ–वे) र अप्टिकल फाइबरसँगै जमिनमुनि साढे दुई मिटर गाडिएको यो पाइप बिछ्याउने परियोजनाको हालसम्मको खर्च भारतीय पक्षले व्यहोरेको छ । परियोजनाको कूल बजेट भारु २७५ करोड रहेकामा भारु ७५ करोड नेपालले व्यहोर्ने सम्झौता भएको थियो । दूरी बढेपछि यसको बजेट वृद्धि भई भारु ३२४ करोड लाग्ने अनुमान गरिएको छ । परियोजनाअन्तर्गत अमलेखगञ्ज डिपोमा रहेका चार वटा भण्डारण ट्याङ्कीलाई रेक्टोफिटिङ गरिएको छ ।
 
यसमा दुई वटा चार हजार १०० किलोलिटर र दुई वटा तीन हजार ९०० किलोलिटर भण्डारण क्षमताका छन् । भण्डारणस्थलमा आगलागी नियन्त्रणका लागि ठूलाठूला पानीका पाइप बिछ्याइएकोे छ । ‘टेलिकम्युनिकेसन एण्ड इन्स्ट्रमेन्टेसन’, ‘केवुलिङ’ पनि गरिएको छ । सोही स्थानमा २४ वटा ‘लोडिङ बे’ प्रयोगशाला बन्ने प्रक्रियामा छ ।
 
यस प्रकारको परियोजना नेपालमै पहिलो भएको र प्रज्वलनशील तथा संवेदनशील विषय भएकाले सुरक्षा र अन्य व्यवस्थापनका लागि नेपाली सेनाको सहयोगमा निगम गम्भीरताका साथ लागिरहेको छ । गाडीबाट ढुवानीको तुलनामा भने पाइपलाइनबाट तेल ल्याउँदा सैयौँ गुणा सुरक्षित हुने निगमको भनाइ छ ।
सम्बन्धित समाचार
विद्यालय सहयोगी नियुक्तिमा चलखेलः योग्य उम्मेदवारलाई पाखा लगाएर आफन्तलाई नियुक्ति

विराटनगर । सुनसरीको दुहबी नगरपालिका–१२ पूर्वकुशाहा सिसुवामा अवस्थित एकता ज् ...

आख्यानकार राजकुमार राईको उपन्यास किवाहाङमाथि हङकङमा विमर्श

धरान । आख्यानकार राजकुमार राईको उपन्यास ‘किवाहाङ’ माथि हङकङमा विमर्श गरिएको ...

धरानको प्राइम भिजनलाई अवार्ड

धरान । सुनसरीको धरानमा सञ्चालित प्राइम भिजन अन्तर्राष्ट्रिय कलेजले ‘नेपालको ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
विद्यालय सहयोगी नियुक्तिमा चलखेलः योग्य उम्मेदवारलाई पाखा लगाएर आफन्तलाई नियुक्ति
आख्यानकार राजकुमार राईको उपन्यास किवाहाङमाथि हङकङमा विमर्श
धरानको प्राइम भिजनलाई अवार्ड
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
कोशी प्रदेशका प्रमुख धाम
बेरुजुमा इटहरीले तोड्यो रेकर्ड
मन्टुको चक्रवर्ती धन्दाः कपाली तमसुक देखाई सर्वसाधारणलाई मुद्दा
भ्याट छलीको रकम तिर्न नसकेपछि जेल चलान
ठगी आरोपी अधिकृतलाई बेतलबी बिदा किन ?
आजको राशिफलः २०८२ साल असार १८ गते बुधबार
झापामा रवि लामिछानेको समर्थनमा २९ हजार हस्ताक्षर सङ्कलन
प्याउलीले पायो आख्यान पुरस्कार
करोडौं ठगी गर्ने सस्मिताको एक वर्षे बेतलबी बिदा स्वीकृत
नक्कली प्रहरी बनेर लुटपाट
धान दिवसको अर्थ
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved