धरान/ नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसर पारेर शारदा बालिका नमूना माविको युवा रेडक्रस सर्कलले सरस्वती बाल आश्रमलाई खाद्यान्न वितरण गरेको छ ।

आश्रमलाई सर्कलका पदाधिकारीहरूको टिमले ३ हजार ५ सय ७० रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण गरेको हो । आश्रममा हाल २६ जना अनाथ बालबालिका आश्रित छन् । सर्कलकी अध्यक्ष पवित्रा राईको नेतृत्वमा पुगेको टोलीले खाद्यान्न सामग्री वितरण गरेका हुन् ।

त्यसक्रममा नायक ईश्वर अर्याल र सहनायक पदम लुइँटेलसमेत सहभागी थिए । आश्रमका अध्यक्ष दानबहादुर राईलाई खाद्यान्न प्रदान गरेका थिए । सारदा बालिका छात्राहरू मात्रै रहेको विद्यालय हो । रेडक्रसको ५७ औं स्थापना दिवसमा कार्यक्रम गरिएको हो ।