विराटनगर ।  प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतबहादुर कार्कीले राष्ट्रिय जनगणनाले सरकारलाई आवधिक योजना बनाउन महŒवपूर्ण भूमिका खेल्ने बताएका छन् । केन्द्रीय तथ्याङ्क विभागले २०७८ सालमा गर्ने राष्ट्रिय जनगणनाको सन्दर्भमा बिहीबार विराटनगरमा आयोजना गरिएको अन्तक्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

उनले देशको विकास निर्माण र आवधिक योजना बनाउनको लागि जनगणनाले महŒवपूर्ण भूमिका खेल्ने भएकोले सही तथ्याङ्क सङ्कलन गरिनुपर्नेमा जोड दिए । प्रत्येक १०–१० वर्षमा सरकारले जनगणना गर्ने भएकोले उत्साहको रूपमा सबैलाई सहभागी हुन मन्त्री कार्कीले आग्रह पनि गरे । एक दशकमा एक पटक जनगणना हुने भएकोले मान्छेका तथ्याङ्क सही ढङ्गले गरिनुपर्ने उनको भनाइ थियो ।

‘वस्तुगत तथ्याङ्क सङ्कलन गरिए सरकारलाई आवधिक योजना बनाउन सजिलो हुन्छ’ मन्त्री कार्कीेले भने, ‘जनगणनाको आधारमा सरकारले योजनाहरू बनाउने गरेको छ । जसले गर्दा मान्छेको तथ्याङ्क सही ढङ्गले गरिनु पर्दछ ।’ आगामी २०७८ सालमा हुने राष्ट्रिय जनगणना ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नाराका साथ शुरु हुने भएको छ ।

यसअघि ११ वटा राष्ट्रिय जनगणना सम्पन्न भइसकेको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डिराज लामिछानेले जानकारी दिए । उनका अनुसार देशभरिका ७ सय ५३ वटै स्थानीय तहहरूमा एकसाथ राष्ट्रिय जनगणना गरिने बताए । यसको लागि तयारी पनि तीव्र भइरहेको छ । जिल्ला–जिल्लामा तथ्याङ्क केन्द्रको कार्यालय पनि खोल्ने क्रम शुरु भएकोे छ ।

जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुनेछ भने स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा कार्यालय हुनेछ । २०७८ जेठ १ देखि २० गतेसम्म २० दिन घर तथा घरपरिवारको सूचीकरण गरिने उनले बताए ।

यस्तै ०७८ जेठ २५ देखि असार ८ गतेसम्म १५ दिन मुख्य प्रश्नावली बनाउने भएको छ । ०७८ जेठ १ देखि २० गतेसम्म २० दिन सामुदायिक प्रश्नावली सुपरीवेक्षकले बनाउनेछ । निर्देशक लामिछानेका अनुसार एउटा मात्र लगत फारम प्रयोग गरेर पूर्णरूपमा जनगणना गरिने योजना रहेको उनले बताए । यसअघि २०६८ सालमा राष्ट्रिय जनगणना भएको थियो । कार्यक्रममा बोल्दै प्रदेश १ का मुख्यसचिव सुरेश अधिकारीले माइग्रेसनले समाजमा नकारात्मक असर पु¥याएकोले १०–१० वर्षमा जनगणना हुन जरुरी रहेको बताए ।