काठमाडौं / चोरी तथा डकैती मुद्धामा ६ वर्ष कैद सजाए सुनाईएका फरार ब्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बाँके कोहलपुरले गोली प्रहार गरेको छ ।
८ वर्षअघि चोरी तथा डकैती अपराधमा ६ वर्ष कैद सजाय अदालतले सुनाए लगत्तै फरार भएका बाँके बैजनाथ गाँउपालिका ४ का नरेन्द्र न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली प्रहार गरेको हो ।
सोमबार नेपालगन्जस्थित राँझा विमानस्थल नजिकै भेटिएका न्यौपाने नियन्त्रण गर्ने क्रममा भाग्न खोजेपछि गोली प्रहार गनुृ परेको प्रहरीले जनाएको छ । उनको देव्रे खुट्टामा गोली लागेको छ ।
घाइते न्यौपानेलाई प्रहरीले तत्काल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको छ । न्यौपानेलाई २०६८ सालमा चोरी तथा डकैटी मुद्धामा जिल्ला अदालत बर्दियाले ६ वर्ष कैदको सजाय सुनाएको थियो ।
फरार अभियुक्तमाथि गोली प्रहार
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































