धरान / देशभर मिटर व्याजमा परेर घरवारविही हुनेहरुको संख्या बढ्दैं गएको छ । मिटर व्याजका कारणले धनी झन धनी गरिव झन गरिव हुदैं गएको अवस्था छ ।
पछिल्लो समय सर्लाहीमा स्थानीय सर्वसाधारणलाई पैसा ब्याजमा लगाई ठगी गर्ने श्यामकृष्ण शाह ‘परदेशी’लाई प्रहरीले पक्राउ गरेको छ । नक्कली तमसुक बनाई सर्वसाधारणलाई ठगी गरेको विषयमा छानबिन गर्न प्रहरीले उनलाई मलंगवा–१० स्थित घरनजिकैबाट पक्राउ गरेको प्रदेश २ प्रहरीका कार्यालयका सूचना अधिकारी डीएसपी ज्ञानकुमार महतोले शाहले जानकारी दिए । उनलाई आइतबार राती पक्राउ गरिएको हो ।

महतोका अनुसार लालबन्दी–४ की रुकमणि चौधरीले ठगी सम्बन्धी कसूरमा ६ भदौमा दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । साढे ४ लाख रुपैयाँ ऋण लिएकोमा जबरजस्ती १५ लाख रुपैयाँको कपाली तमसुक बनाएको भन्ने व्यहोरामा जाहेरी परे पछि उनलाई पक्राउ गरिएको प्रहरील जनाएको छ ।
पक्राउ परेका परदेशीबाट ४७ जना भन्दा बढी ठगिएको जनाइएको छ । उनीहरु न्यायको खोजी गर्दै काठमाडौंसम्म आइपुगेका थिए । उनीहरु मध्ये अधिकांशले त्रासका कारण प्रहरीमा जाहेरी पनि नदिएको जनाइएको छ ।

धरानमा पनि चर्को व्याजमा ऋण प्रवाह गर्ने गिरोह सक्रिय
धरानमा पनि मिटर व्याजमा लगाएर विगतमा हाती छाप चप्पल लगाएर हिड्नेहरु पजेरो चडेर हिड्न थालेका छन् । उनीहरुबाट दर्जनौ सर्व साधारण पीडित भएको श्रोतले बताएको छ । अभर परेका बेला पैसा दिएर एक लाखको दैनिक ५ हजारसम्म व्याज असुल्ने गरेको पाइएको छ । पैसा लिएर व्याज तिर्न नसक्दा गुण्डा लगाएर घरखेत नै लिने गरिएको एक पीडितले गुनासो गरेका छन् । राजनीतिक आडमा केही व्यक्तिहरु मिटर व्याजमा ऋण लगानी गर्ने गरेको बताइएको छ । त्यस्ता व्यक्तिको इलाका प्रहरी कार्यालय धरानले अभिलेख संकलन गरिरहेको इप्रका धरानका डिएसपी ढुण्ढीराज न्यौपानेले जानकारी दिए । धरानमा मिटर व्यास तिर्न नसकेर आधा दर्जन व्यक्तिहरु घरवारविहीन भएका छन् ।