भद्रपुर/नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता रिहा भएसँगै आइतबार नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
‘विप्लव’ नेतृत्व नेकपाका जिल्ला सचिवालय सदस्य झापा गाउँपालिका–२ का चमनलाल माझी (चमारू) र जिल्ला सदस्य झापा गाउँपालिका–३ का श्यामकुमार मैनाली (कुमार) जिल्ला प्रशासन कार्यालय झापामा धरौटी बुझाएर रिहा भएलगत्तै दुवै जना सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।
उनीहरू असार २९ गते झापाबाट पक्राउ परेका थिए । माझीले ७५ हजार र मैनालीले ३० हजार धरौटी बुझाएर रिहा भएलगत्तै पार्टी परित्याग गरेका हुन् । नेकपाका जिल्ला पार्टी कार्यालयका सदस्य मोहन टुडु र जिल्ला सदस्य नरेश सन्जेलले पार्टी प्रवेश गराए ।