इटहरी / इटहरीमा लामो समय देखि चन्दाआतंक मच्चाउदैं आएका नेत्र विक्रम चन्द विप्लव समुहका कार्यकर्ता पक्राउ परेका छन ।
इटहरी ११ का मोहन कार्कीलाई प्रहरीले आइतबार प्रहरीले गरेको हो । उनलाई इटहरीका व्यापारीहरुसँग चन्दा लिएको र विप्लवको बन्दमा वम राख्ने काममा उनी संलग्न भएको प्रहरीले जनाएको छ ।
ब्यापारीहरुले चन्दा मागेको गुनासो गरे पछि इलाका प्रहरी कार्यलय इटहरीले कार्कीलाई आज पक्राउ गरेको हो । विभिन्न कार्यलयहरुमा चन्दाको पर्चा छर्दै आएका कार्कीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । इटहरी ९ गैसारबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
व्यापारीसँग चन्दा उठाउने इटहरीबाट पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































