ताप्लेजुङ् । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले सरकारी तथा सार्वजनिक कार्यालयका सुचना अधिकारीहरुलाई जिम्मेबार हुन निर्देशन दिएका छन् ।

शुक्रबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएको सुचना अधिकारीहरुसँगको अन्र्तक्रिया कार्यक्रममा प्रजिअ निरौलाले सुचनाका हक सम्वन्धी ऐनमा समावेश भएका सबै किसीमका सुचना प्रदान गर्न कन्जुस्याई गर्न नहुने बताए ।

आफ्नो कार्यालय तथा संस्थाले गरेको बिभिन्न क्रियाकलापहरुलाई त्रैमासिक रुपमा सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधानलाई सवैले कार्यान्वयन गर्नुपर्ने उनको भनाई थियो । प्रजिअ निरौलाले सुचना अधिकारीहरु कार्यालयको सबै बिषयमा जानकार हुनुपर्ने समेत बताए ।

अन्र्तक्रियाका क्रममा सहभागिहरुले जिल्लाको सम्पूर्ण स्थानिय तहका तथ्याङ्क तथा सुचनाहरु जिल्ला समन्वय समितिबाट एकमुष्ट पाउन सके सहज हुने बताएका थिए । नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाका पूर्व जिल्ला अध्यक्ष खगेन्द्र अधिकारीले जिल्ला समन्वय समितिको कार्यालय मार्फत सवै स्थानिय तहको तथ्याङ्क पाउन सके सवैलाई सहज हुने धारणा राखे ।

कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, पत्रकार महासंघका कार्यवहाक अध्यक्ष प्रयास लिम्बू, विभिन्न सरकारी तथा सार्वजनिक कार्यालयका सुचना अधिकारी लगायतको उपस्थिती रहेको थियो ।