बिर्तामोड । घुस दिन खोजेको आरोपमा झापा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । झापाको चारआलीमा चेकजाँच गर्न खटिएको प्रहारीको टोलीले मोरङको बेलबारी ११ का कविर बहादुर तामाङ्गलाई पक्राउ गरेको हो ।
तामाङ्गले चेकजाँचमा खटिएको प्रहरीको टोलीलाई ५ सय रुपैंयाँ घुस दिन खोजेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी मोहन थापाले जानकारी दिए । को १ ज २५४५ नम्बरको पिक अपमा ८ थान गाई, गोरु लिएर पश्चिमबाट पुर्वतर्फ जाँदै गरेका चालक तामाङ्गले चेकजाँच गर्ने प्रहरीलाई ५ सय रुपैंयाँ दिन खोजेको थापाले बताए ।
प्रहरीले चालक सहित पिक अप भ्यान र गाई गोरु समेत नियन्त्रणमा लिएर अनुसंधान शुरु गरेको जनाएको छ । यसअघि पनि प्रहरीले घुस दिन खोजेको आरोपमा भद्रपुरबाट एकजना पक्राउ गरेको थियो ।