धनकुटा । धनकुटामा २ दिनमा प्रहरीले ११ हजारभन्दा बढी गाँजाको बोट नष्ट गरेको छ ।
धनकुटाको खाल्सा क्षेत्रमा ३० रोपनीभन्दा बढी बारीमा लगाएको गाँजा धनकुटा प्रहरी नष्ट गरेको हो । त्यो क्षेत्रमा व्यवसायिक रूपमा गाँजा खेती गर्ने चलन छ । शहीदभूमी गाउँपालिका–१ को पाङ्नाम र २ को बुर्खामा अवैध रूपमा लगाएको गाँजा खेती इलाका प्रहरी कार्यालय छिन्ताङ र प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरी टोलीले फडानी गरेको हो । करिब १० हजार १ सय ९४ बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
त्यसैगरी पाख्रीवास नगरपालिका–१ र २ सान्नेमा बिहीवार १ हजारभन्दा बढी गाँजाको बोट नष्ट गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले गाँजा फडानी गरेको प्रहरी प्रमुख सुदर्शनप्रसाद कोइरालाले बताए ।