इटहरी । विभिन्न मुद्धामा जिल्ला अदालत सुनसरीबाट दोषी ठहरिएका ३१ जना विदेशी नागरिकसहित २ हजार ९ सय ७५ जना अभियुक्तहरु फरार रहेको पाइएको छ । अपराधीहरु लामो समय देखि प्रहरीको आँखा छलेर खुलेआम बस्दै आएका छन । तर अदालतको नजरमा भने फरारको सूचिमा छन् ।
जिल्ला अदालत सुनसरीका अनुुसार फरार अभियुक्तहरुबाट ११ करोड ८३ लाख २३ हजार जरिवना उठ्न बाँकी रहेको छ । करिब २९ सय ७५ जना फरार अपराधीबाट २३ सय १८ बर्ष कैद फछ्यौट हुन बाँकी रहेको जिल्ला अदालत सुनसरीका तहसिलदार इश्वर भण्डारीले जानकारी दिए ।
अदालतको फैसला पछि कार्यन्वयका लागि जिल्ला अदालत सुनसरीमा २० प्रहरीको दरबन्दी छ । उनीहरु प्रहरी कार्यालयको समन्वयमा अभियुक्तहरु समात्न खटिने गर्छन ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवत्ता डिएसपी विनोद शर्माले सुनसरीमा पुरानो अपराधी खोज्ने अभियान सुरु भईसकेको बताए । लामो समय देखि लुकीछिपी बस्दै आएका अपराधीहरु खोज्ने काममा आफुहरु सक्रिय रुपमा लागेको बताए । जिल्ला प्रहरी कार्यलय सुनसरीबाट फरार अपराधी पक्राउ गर्न इन्स्पेक्टर डम्बर पुरीको संयोजकमा ८ जना प्रहरीको टोली खटेको उनले जानकारी दिए ।
विगतमा इटहरी इलाको कमाण्ड समालेका डिएसपी विनोद शर्मा जिल्ला प्रहरी कार्यालयमा आए पछि फरार अपराधी खोज्ने अभियान ल्याएका छन् । इटहरीमा हुदा यहाँको यौनधन्दा बन्द गराएका थिए ।