भद्रपुर / लागूऔषध १ ग्राम १ सय मिलिग्राम ब्राउन सुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलावारी—३ का २४ वर्षीय सन्तोष खड्का र सोही ठाउँका १९ वर्षीय सोनाम लिम्बुलाई रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टले जनाएको छ ।
खडकाको साथबाट लागूऔषध फेला परेपछि उनको बयानका आधारमामा लिम्बू पक्राउ परेको लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय काँकडभिट्टाले जनाएको छ । उनीहरु बुधबार काँकडभिट्टामा पक्राउ परेका हुन् ।
भारतको पश्चिम बङ्गालस्थित पानीट्याङकीबाट नेपालतर्फ आउने क्रममा प्रहरीले चेकजाँच गर्दा पर्सको भित्रपट्टि ५ रुपैयाँको नोटमा प्लाष्टिकको पोको बनाएर लुकाईछिपाइ राखेको अवस्थामा फेला पारेको डिएसपी गोविन्दबहादुर कार्कीले बताए । खड्काको साथबाट प्रहरीले उक्त परिमाणको ब्राउनसुगर फेला पारेको उनले जनाए ।
नेपाली दुईहजारमा खरीद गरेको र पैसा दुवैजनाको बराबर परेको प्रहरी समक्ष बयान दिएका छन् । बेलबारीकै एक व्यक्तिले खरीद गर्न लगाएको दुवैको बयान छ । दुवैलाई म्याद थप गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।