धरान  / भान्सा कोटाबाट काशका थाल तथा बोटुका चोरी गरेको आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ ।
गत भदौं ६ गते राती १ बजेको समयमा धरान(१७, समिती मार्गका आमोश ठटाल आफ्नै घरको भान्सा कोठाबाट काशका थाल बटुका करुवालगायतको करिव ५० लाख मुल्य बरावरको चोरी भएको उजुरीको आधारमा धरान–१७ का विचघोपाका मेजर राईलाई आज पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार निज मेजर राई प्रति शंका लागी निजको घरकोठा खानतलासी गर्ने क्रममा उजुरी कर्ताको भान्सा कोठाबाट चोरी भएका काशका करुवा ५ थान, लोटा १ थान, थाल ३ थान, पुजा थाली १ थान र कासका बटुका ५ थान फेला परेकाले पक्राउ गरिएको हो । उनलाई चोरी मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।