धरान  / न्यूज–२४ का पत्रकार रवि लामिछाने विरुद्ध फेरी अर्को मुद्वा परेको छ । न्यूज–२४ मा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाउँदै आएका लामिछाने विरुद्ध कञ्चनपुरका पत्रकार खेम भण्डारीले प्रेस काउन्सील नेपालमा आज उजुरी दर्ता गरेका छन् ।
उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार पछिको हत्याको विषयमा अतिरञ्जित गरेको भन्दै कारवाहीको माग गरिएको छ ।
लामिछानेले पत्रकार आचार संहिता विपरित काम गरेको भन्दै मिडिया काउन्सिल समक्ष हदै सम्मको कार्बाहीको माग गरिएको छ ।

टेलिभिजन कार्यक्रमका प्रस्तोता लामिछाने ११ दिन चितवन हिरासतमा बसेर चितवन जिल्ला अदालतको आदेश अनुसार पुडासैनी आत्महत्या प्रकरणमा ५ लाख धरौटी रकम बुझाएर आइतबार मात्र छुटेका थिए । पुडासैनी आत्महत्या प्रकरणमा अदालतले चाहेको समयमा उपस्थित हुनु पर्ने सर्तसहित उनी हिरासत मुक्तका छन् ।

खेम भण्डारीले दर्ता गरेको उजुरीको विवरणः

ravi_ujuri ravi_ujuri2 ravi_ujuri1 ravi_ujuri3 ravi_ujuri4 ravi_ujuri5 ravi_ujuri6 ravi_ujuri7