धरान / पूर्वका लोकप्रिय चित्रकार स्वयंप्रकाश श्रेष्ठको निधन भएको छ । धरानका स्थायी वासिन्दा उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित नेपालका दोस्रो पुस्ताका चित्रकार थिए । उनी युवा कला केन्द्र धरानका अध्यक्षसमेत हुन ।
स्वयं प्रकाशले धरानस्थित आफ्नै घरमा ग्यालरी खोलेका छन् । ग्यालरीमा उनले चित्रकारिता सिक्न चाहने बालबालिकालाई सिकाउँदै पनि आएका थिए । कर्ण मास्के पछिका उनी धरानका राम्रा चित्रकार मानिन्थ्ये । रंगसँग खेलेर नयाँ कला सृजना गर्नु आनन्द मान्ने चित्रकार श्रेष्ठले केही महिना अघि प्रदेश एकको उत्कृष्ट चित्रकारको रुपमा ५० हजारसहित सम्मानसमेत पाएका थिए । धरानका विद्यालयहरुमा चित्रकला सिकाउदैं आएका श्रेष्ठ केही दिनदेखि विमारी भई काठमाडौमा उपचार भइरहेको थियो ।
भदौ १० गते उपचारका क्रममा काठमाडौंमा निधन भएको हो । उनको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिदैं छ ।