धरान । विभिन्न समयमा घरबाट चोरी गरेको मोबाइल, नगद र सुनचाँदीसहित धरान प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।

सामान चोरी भएका व्यक्तिहरूबाट आएको उजुरीका आधारमा धरान–१५ का २३ वर्षीय उमेश मगर र २४ वर्षीय विजय विकलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट मोबाइल, पावर बैंक, सुनका गहना, खुकुरी चक्कुलगायतका सामग्री बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।

उनीहरूले विभिन्न मितिमा चोरी गरेको सामान बरामद गर्न सफल भएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध चोरीको मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।

IMG_4436