धरान  / बिभिन्न शहरहरुमा राम्रा कम्पनी तथा सपिङ महलमा रोजगारीमालाई दिने भनि प्रलोभन देखाई बिभिन्न ब्यक्तीहरुसंग चिनजान तथा फोन सम्पर्क गरी उक्त रोजगारी लगाई दिए बापत १३ देखी १५ हजार सम्म शुल्क लाग्ने भदैं उठाएर ठगी गर्न उक युवालाई धरान प्रहरलिे पक्राउ गरेको छ ।
सप्तरीको सुरुङ्गा नगरपालिका– ५ कुशाहाका बर्ष २९ को महम्मद सरिफ मिँयालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । उनले रकम आई।एम।इ। गर्न लगाई ठगी गरेको भन्ने ३ जना पीडितहरुले उजुरी दिए पछि प्रहरीले मिँयाको खोजी गरेको थियो । मिँयालाई पक्राउ गरी आज ठगी मुद्दा दर्ता गरी सुनसरी जिल्ला अदालतबाट म्याद थप अनुमती लिई हिरासत थुनामा राखी थप अनुसन्धान भईरहेको इप्रकाका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
निजले अन्य व्यक्तिलाईसमेत ठगी गरेको हुन सक्ने भन्दैं ठगीमा पर्ने अन्य ब्यक्तीहरु भए इलाका प्रहरी कार्यालय धरानमा सम्पर्क गर्न समेत प्रहरीले अनुरोध गरेको छ