ब्लाष्टखबर । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्ताेता रवि लामिछाने सहित ३ जनालाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोग लगाउन राय पेश गरेको गरे संगै रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की विरुद्ध अभियोगपत्र दायर गरिएको छ ।
आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा ५ वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै आइतबार (आज ) जिल्ला अदालत चितवनमा रिट दायर भएपछि सो रिटमाथि आजै जिल्ला अदालत चितवनमा थुनछेक बहस जारी छ ।
न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्ताेता रवि लामिछाने सहित ३ जनाले आत्महत्या गर्न बाध्य परेकाे भन्दै पत्रकार पुडासैनीले आत्महत्या गर्नु अघि रेकड् गरेकाे भिडियाे सार्वजनिक भएपछि उनिहरूलाई प्रहरीले पक्राउ गरेकाे थियाे ।
१० दिनसम्म थुनामा राखेर जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान पूरा गरी उनीहरुलाई आत्महत्यालाई दुरुत्साहन गरेको अभियोगमा मुद्दा चलाउने राय सहितकाे अनुसन्धान विवरण जिल्ला सरकारी वकिलको कार्यालयलाई वुझाएकाे केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले जानकारी दिएकाे छ ।