धरान  / बैदेशिक अध्ययनका लागि विभिन्न देशका विश्वविद्यालयहरुमा विद्यार्थीहरु पठाउदैं आएको धरानस्थित इडेन एकेडेमीले धरानमा वृहत अन्तराष्ट्रिय शैक्षिक मेला गर्ने भएको छ ।
धरानको गोरर्खा डिपार्टमेन्ट स्टोरको सभाहलमा भदौ ८ गते मेलाको अयोजना गरिएको एकेडेमीका प्रमुख मोहन तिगेलाले जानकारी दिए ।
मेलामा विभिन्न देशका विश्वविद्यालय, क्याम्पसका प्रतिनीधिहरुको सहभागीता हुने छ । विहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने शैक्षिक परामर्श मेलामा विश्वविद्यालयहरुका प्रतिनीधिहरुसँग प्रत्यक्ष कुराकानी गर्न सकिने तिगेलाले जानकारी दिए ।
मेलामा अष्ट्रेलिया, क्यानाडा, अमेरिका, भारत, जापान, युरोप, न्युजिल्याण्डलगायत मुलुकका प्रतिनीधिहरुको सहभागीता हुने छ ।

eden