Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • डेङ्गुका कारण ४० जनाको मृत्यु

डेङ्गुका कारण ४० जनाको मृत्यु

alt
  • साउन २८, २०७६
  • एएफपी
 
ढाका / बङ्गलादेशमा डेङ्गुका कारण सन् २०१९ मा ४० जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन् । स्वास्थ्य मन्त्रालयका अधिकारी आयेशा अख्तरका अनुसार बङ्गलादेशमा डेङ्गुको आशङ्कामा हजारौँको सङ्ख्यामा विरामीहरू भर्ना भएपछि अस्पतालहरूले उनीहरूको उपचार सेवामा समेत असहज महशुस गरेको बताएका छन् ।
लामखुट्टेको टोकाईबाट हुने भाइरल सङ्क्रमण, जसमा फ्लुको जस्तो लक्षण देखा पर्छ, डेङ्गु रक्तस्रावी ज्वरोको रूपमा विकसित हुने गर्छ र यो सामान्यतया दक्षिण एसियाली मुलुकहरूमा मनसुनी बर्षापछि अर्थात् जुनदेखि सेप्टेम्बरमा देखा पर्ने गरेको छ ।
तर यो बर्ष डेङ्गुले एशियाली केही मुलुकहरूमा जटिल समस्याका रूपमा देखा परेको छ । बङ्गलादेशमा गत जनवरीदेखि सोमबारसम्ममा ४४ हजार विरामी डेङ्गुको आशङ्कामा अस्पताल भर्ना भएका छन् ।
सोमबार मात्रै बङ्गलादेशका विभिन्न अस्पतालमा दुई हजार १०० बिरामी भर्ना भएका अस्पतालहरूबाट प्राप्त तथ्याङ्कमा उल्लेख गरिएको स्वास्थ्य मन्त्रालयका अधिकारी अयेशाले बताए । 
उनले एएफपीसँग भने, “मन्त्रालयले यसबर्ष अहिलेसम्म ४० डेङ्गुसम्वन्धित विरामीको मृत्यु भएको पुष्टि गरेको छ ।” तर बङ्गलादेशी सञ्चारमाध्यमले गत हप्तासम्ममा १०० भन्दा बढी नागरिकको डेङ्गुका कारण मृत्यु भएको बताएका थिए । बङ्गलादेशमा एक हप्ता लामो इद–अल–आधा मनाउन लाखौँ नागरिकहरू शहरबाट गाउँ भित्रिने हुँदा रोग थप फैलिनसक्ने भन्दै अधिकारीहरूले चासो व्यक्त गरेका छन् । यद्यपि स्वास्थ्य मन्त्रीले भने डेङ्गुको सङ्क्रमण ‘विस्तारै घट्दै गएको’ यसै हप्ता ढाकामा एक सार्वजनिक कार्यक्रमका क्रममा बताए । “बङ्गलादेशमा डेङ्गुको समस्याप्रति बढेको चासोसँगै सरकारले सबै स्वास्थ्यकर्मीलाई बिदा रद्ध गरी सङ्कटलाई साम्य पार्न पहल गर्न सघाउन आग्रह गरेको छ,” स्वास्थ्य मन्त्रालयका महानिर्देशक अबुल कलाम अजादले बताउनुभयो । “विरामीको चापसँगै कामको चापलाई कम गर्न चिकित्सकहरूलाई जटिलता देखिएको छ,” एक स्वास्थ्य अधिकारीले बताए ।
सम्बन्धित समाचार
छुरा प्रहारबाट घाइते झापाका दुई युवकको मृत्यु

विजयपुर । पाटनको दरबार क्षेत्रमा छुरा प्रहारबाट गम्भीर घाइते भएका झापाका दु ...

छानबिन समितिले व्यक्ति किटान नगर्दा समस्या

विजयपुर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी अप ...

पूर्व प्रधानमन्त्री देउवा र देउवापत्नीविरुद्ध पक्राउ पुर्जी

धरान । पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका पूर्वसभापति शेरबहादुर देउव ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
छुरा प्रहारबाट घाइते झापाका दुई युवकको मृत्यु
छानबिन समितिले व्यक्ति किटान नगर्दा समस्या
पूर्व प्रधानमन्त्री देउवा र देउवापत्नीविरुद्ध पक्राउ पुर्जी
कोशी अस्पतालमा ‘इम्प्लान्ट’ मा बिरामीको दोहन
केबलकार सुरक्षार्थ खटिएका प्रहरी फिर्ता गर्न गृहमन्त्रीको निर्देशन
एनसेलको डेटा प्याकको शुल्क ६५ प्रतिशतले घट्यो
लेखापढी व्यवसायीलाई संस्थागत गर
आज जनआन्दोलन दिवस
विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन
आजको मौसमः देशका विभिन्न भागमा वर्षा
प्रहरीमा दर्ता जाहेरीको प्रगति अब ‘फोन वा एसएमएस’ बाटै
कोशीटप्पु पर्यटन महोत्सव शुरु, प्रदेश सांसद मण्डलद्वारा उद्घाटन
जिल्ला अस्पताल निरीक्षणमा स्वास्थ्य मन्त्री
धरान खानेपानी व्यवस्थापन बोर्डः विज्ञ सदस्यमा दलका नेता मनोनयन
टेम्केमैयुङमा भोलिदेखि दुई दिन निःशुल्क आँखाको शल्यक्रिया
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved