इनरुवा / बकर इर्दमा सार्वजनिक बिदा नदिइएको भन्दै सुनसरीको भुटाहामा कालो छाता ओढेर मुस्लिम समुदायले बिरोध जनाएका छन् ।
हरिनगर गाउँपालिकाको भुटाहा बजार नजिकै रहेको इदगाहमा भेला भएका मुस्लिम समूदायले सरकारले आफुहरुलाई उपेक्षा गरेको भन्दै कालो छाता ओढेर बिरोध जनाएका हुन् ।
मुस्लिम धर्मावलम्बीहरुको महान पर्वलाई सरकारले उपेक्षा गरेको उनीहरुको भनाई छ ।
भुटाहाको ईदगाह नेपालकै ठूलो बताइन्छ । भुटाहासहित सुनसरीको दक्षिणवर्ती क्षेत्रमा मुस्लिम समूदायको बाक्लो बसोबास रहेको छ ।
इदगाहमा विशेष नमाजकालागि भेला भएका मुस्लिम समूदायले आफुहरुको पर्वलाई उपेक्षा गरिएको भन्दै कालो छाता ओढेर बिरोध जनाइएको गाउँपालिका अध्यक्ष तथा मुस्लिम अगुवा गफार अन्सारीले बताए । अन्य जातजाति सरह समान व्यवहार नगरिएकाले विशेष पर्वका बाबजुद सरकारको बिरोधमा उत्रन बाध्य भएको अन्सारीले बताए ।
सरकारी बेवास्ता र उपेक्षामा परेको बताउने सुनसरीका मुस्लिम अगुवाहरुले केन्द्रमा रहेर मुस्लिक हकअधिकारको वकालत गर्नेमाथि आक्रोस समेत पोखेका छन् ।