ताप्लेजुङ / ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । सोहि गाउँपालिका वडा नं ४ की ४७ बर्षीया सीता भट्टराईको खोलाले बगाएर मृत्यु भएको हो । शनिवार दिउँसो साँढे ४ बजे छिमेकीको घरमा घिऊ र्पुयाउन गएकी भट्टराई बेलुकासम्म पनि घर फर्केर नआएपछि खोजतलास गर्ने क्रममा बाटोमा रहेको नागदेवा खोलाको किनारामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । उनको शव बाटोभन्दा करिव २ सय मिटर तल भेटिएको थियो । उक्त स्थानमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली गई कानूनी प्रकृया पश्चात अन्य थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
ताप्लेजुङमा खोलाले बगाएर महिलाको मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































