शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘साइनो’ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि हेरेका छन् ।
फिल्म निर्माण टिमले आयोजना गरेको विशेष शो हेरेपछि मन्त्री पोखरेलले फिल्म राम्रो लागेको प्रतिक्रिया दिएका छन् ।

नेपालकी पहिलो नायिका भुवन चन्दले आफूले निर्माण गरेको फिल्म हेर्न निमन्त्रणा गरेपछि मन्त्री पोखरेल हलसम्म पुगेका थिए ।
फिल्मको विशेष शो मा अभिनेत्री भुवन थापा चन्द, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, कलाकार दीपाश्री निरौला, सरोज खनाल, नवल खड्का फिल्मकी अभिनेत्री मिरुना मगर, अभिनेता राजकुमारलगायत उपस्थित थिए ।