देउराली । धरानबाट इटहरी तर्फ जादै गरेकाे धरान –८ का एक युवककाे मृत्यु माेटरसाइकल दुर्घटनामा मृत्यु भएकाे छ ।
धरानबाट इटहरी तर्फ जादै गरेका धरान – ८ का अन्दाजी वर्ष २५ का सन्जु अग्रवालकाे धरान र तरहराकाे विचमा पर्ने चारकाेशे झाडी स्थित काेशी राजमार्गमा माेटरसाइकल दुर्घटना भएर मृत्यु भएकाे ट्राफिक प्रहरी कार्यालय धरानले जनाएकाे छ ।
२९ प ४१९५ नम्बरको पल्सर मोटरसाइकलमा सवार अग्रवालले साेही दिसाबाट जादै गरेकाे ना २ च ६६८९ नम्बरको जीपलाई ठक्कर दिएपछी माेटरसायकल अनियन्त्रीत भएर इटरीबाट धरान तर्फ अाउदै गरेकाे मे १ ख २०४५ नम्बरको बसले ठक्कर दिदाँ उनकाे घटना स्थलमै मृत्यु भएकाे कार्यालयले जनाएकाे छ ।
मृतक अग्रवालकाे शव वीपी काइराला स्वास्थ विज्ञान प्रतिष्ठान ल्याइएकाे छ भने दुर्घटना भएका बस र जीप दुवैलाई इटहरी प्रहरीले नियन्त्रणमा लिएकाे छ ।