धरान/ खानेपानीमा जीवाणू फेला परेको भन्दै उमालेर खानका लागि आग्रह गरेका छन् । धरान–१७ र ११ मा आइरहेको पानी दूषित भएको भन्दै उमालेर खान सुझाव दिएका हुन् ।
उक्त क्षेत्रमा आउने पानीमा जीवाणू फेला परेकाले पनि उमालेर खानका लागि उपभोत्ता समितिले आग्रह गरेको हो । केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा अध्ययरत विद्यार्थी तथा प्राध्यापकहरूले गरेको अनुसन्धानका क्रममा जीवाणू फेला परेपछि खानेपानी उमालेर खान सुझाव दिइएको हो । प्राध्यापक धिरेन लिम्बूले पानीमा जीवाणू फेला परेको रिपोर्ट दिएका थिए ।
समितिकी कोषाध्यक्ष एसा सुनुवारले पानीमा जीवाढू भेटिएको रिपोर्ट दिएकाले उक्त क्षेत्रका बासिन्दालाई पानी उपमालेर मात्रै खान सुझाव दिइएको बतााइन् ।