एजेन्सी/ बलिउड नायक अर्जुन रामपाल अहिले फिल्ममा भन्दा पनि मस्ती मुडमा देखिने गरेका छन् ।

मोडलसमेत रहेका रामपाल पछिल्लो समय प्रेमिकाको साथमा देखिँदै आएका छन् । उनको प्रेमिका गेब्रिएला डेमेट्रिएड्सको साथमा उनी देखिने गरेका हुन् । गेब्रिएला हालै गर्भवती भएको खबर बाहिरिएको छ ।

यदि प्रेमिका गर्भवती भएको सही हो भने अर्जुन रामपाल तेस्रो पटक पिता बन्न लागेका हुन् । अर्जुनले यसअघि सन् १९९८ मा मोडल मेहर जेसियासँग विवाह गरेका थिए ।

सन् २००८ देखि यी दम्पती अलग्गै बसिरहेका छन् । पूर्वपत्नी मेहर जेसियाको दुई वटा नानी छन् । अभिनेता रामपाल र गेब्रिएला लामो समयदेखि प्रेममा छन् ।

बलिउड निर्देशक जेपी दत्ताकी छोरी निधि दत्ताले अर्जुन रामपाल पिता बन्न लागेको खबर ट्वीटरमार्फत् सार्वजनिक गरेकी छन् ।