फिल्म ‘मिसन मङ्गल’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ५२ सेकेण्डको ट्रेलरमा फिल्मका मुख्य कलाकार अक्षय कुमार, सोनाक्षी सिन्हा, विद्या बालन, तपसी पन्नुलगायतलाई समेटिएको छ ।

फिल्ममा अक्षय, विद्या, सोनाक्षी, तपसीका अलावा नित्या मेनन, कीर्ति कुल्हाडी र शरमन जोशीको मुख्य भूमिका रहेको छ । फिल्ममा अक्षयले इण्डियन रिसर्च अर्गनाइजेशनका एक सिनियर वैज्ञानिकको भूमिका निभाएका छन्, जसले मङ्गल मिसनमा रहेर अर्बिटका लागि काम गरेका थिए ।

फिल्म सन् २०१३ मा मङ्गल ग्रहमा लञ्च गरिएको मङ्गलयानमा आधारित छ । फिल्म अगष्ट १५ अर्थात् भारतीय स्वतन्त्रता दिवसको दिनबाट प्रदर्शनमा आउनेछ ।