धरान /  प्रदेश १, २ र ३ मा विगत उक दशकदेखि प्राविधिक शिक्षा प्रदान गदैं आएको इटहरीस्थित पाथिभरा हिमालयन पोलिटेक्निक इन्स्टिच्युटले १२० जना तालिममा सहभागीलाई प्रमाण पत्र प्रदान गरेको छ ।
शिक्षा मन्त्रालय, सिटिइभिटी, इभेन्ट परियोजना, इन्स्योर परियोजनालगायत संस्थाहरुको सहकार्यमा यो बर्ष उत्पादन गरिएको ४ सय जनशक्तिमध्य १२० जना कुकहरुलाई बुधबार प्रदेश सभा सदस्य सर्वध्यज साँवाको उपस्थितिमा प्रमाण पत्र वितरण गरेको हो । pathibhara1
प्रदेश सभा सदस्य साँवाले होटलहरुमा दक्ष कुकको अभावका बेला संस्थाले ठूलो संख्यामा जनशक्ति तयार गरेकोमा प्रसंसा गरे ।
सेफ कोटमा एउटै मञ्चमा १२० जना दक्ष जनशक्तिलाई उपस्थित गराएर उनीहरुले बनाएको परिकारसमेत डेमोस्ट्रेसन गरिएको संस्थाका प्रवन्ध निर्देशक कृष्ण शाहले जानकारी दिए । उपस्थित मध्य ५५ प्रतिशत कामदारले विभिन्न होटलमा काम पाइसकेको संस्थाले जनाएको छ । pathibhara2
प्रमाण पत्र वितरण कार्यक्रममा सिटिइभिटीका क्षेत्रीय प्रमुख शिव दाहाल, उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेल, इन्स्योर परियोजनाकी प्रदेश संयोजक रेखा उप्रेती, महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष अमृता सुब्वा, होटल एसोसिएसन इटहरीका अध्यक्ष जीवन पराजुलीलगायतको उपस्थिति रहेको थियो ।
संस्थाले छोटो अवधीका सीपमुलक तालिमसँगै १८ महिना सव ओभरसियर(सिभिल र इलेक्टिक इन्जीनीयरिङ), सामाजिक परिचालकसम्बन्धिको कोर्षसमेत संचालन गदैं आएको संस्थाका प्रवन्ध निर्देशक शाहले जानकारी दिए ।pathibhara4