उर्लाबारी । उर्लाबारी नगपालिकाको आईतबार संम्पन्न चौथो नगरसभामा दुईजना पत्रकार सहित चार जना पुरस्कृत भएका छन् ।

नगरसभामा उर्लाबारीलाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आएका पत्रकार रुपेन्द्र शेर्मा र सुमन घिमिरे पुरस्कृत भएका हुन । उर्लाबारी नगरपालिकाले नगरमा पत्रकारिता क्षेत्रमा योगदान पुर्याउदैँ आएका प्रत्येक दुई जना पत्रकारलाई सञ्चार क्लब उर्लाबारीको समन्वयमा वर्षेनी पुरस्कृत गर्दै आएको छ ।

नगर सभामा पत्रकार शेर्मालाई रु २५ हजार राशीको विकास पत्रकारिता पुरस्कार र पत्रकार घिमिरेलाई रु २० हजार राशीको क्रियाशिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । नगर प्रमुख खड्ग फागो र उपप्रमुख लक्ष्मीदेवी भण्डारीले पत्रकारद्धयलाई पुरस्कृत गरेका हुन ।

यसैगरी नगर सभामा नगरपालीकामा उत्कृष्ट कार्य संम्पादन गरेवापत कर्मचारीका रुपमा लेखा अधिकृत गोविन्द कार्की र कम्प्युटर प्राविधिक सुमित खवासलाई पनि जनही २५ हजार राशी र संम्मान–पत्रले नगर प्रमुख खड्ग फागो र उपप्रमुख लक्ष्मीदेवी भण्डारीले पुरस्कृत गरेका थिए ।

नगर प्रमुख फागोले नगर सभाबाट पारीत भएका निती तथा कार्यक्रम चाडैँ पत्रकार संम्मेलन गरी नगरबासीलाई सुचित गर्ने बताएका छन । गत असार १० गते शुरु भएको सभा नेकपाबाट निर्वाचित जनप्रतिनिधीहरुले घेराबन्दी तथा बहिष्कारका गरे पनि त्यसको विधी संम्वत सामना गर्दै आईतबार समापन भएको नगर प्रवक्ता भानुभक्त शर्मा पराजुलीले बताएका छन ।