धेरान / रेडियो बजाउने क्रममा करेन्ट लागेर धरान उपमहानगरपालिका –का ६७ बर्षीय बिर्षबहादुर राईको आज दिउसो मृत्यु भएको छ ।
आफ्नै घरमा रेडियो बजाउने क्रममा रेडियोको ज्याक मल्टिपल्कमा जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर बेहोस भएका राईलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।
धरानमा रेडियो बजाउदा वृद्धको ज्यान गयो
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































