धरान / जीपी कोइराला फाउण्डेशन, सुनसरीले धरान १३ स्थित पब्लिक माध्यामिक विद्यालय (फुस्रे) लाई आज प्राथमिक स्वास्थ्य उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरु र पंखा प्रदान गरेको छ ।
पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व सभापति राजनितिका शिखर पुरुष स्व. गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा फाउण्डेशनले विद्यालयको माग बमोजिम आवश्यक स्वास्थ्य सामाग्रीहरु र पंखा उपलब्ध गराएको हो ।
फाउण्डेशनका सुनसरी संयोजक चन्द्रशेखर लामा, नेपाली कांग्रेसका जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङलगायतले उपस्थितिमा विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम निरौलालाई सामाग्रीहरु प्रदान गरेका ेहो ।