उदयपुर । माछा मार्ने क्रममा सुनकोशी नदीले बगाएर उदयपुरको लिम्चुङबुङ गाउँपालिका- १ का कर्ण बहादुर राईको छोरा बर्ष १६ को आशन राई र अकुलध्वज राईको छोरा बर्ष १३ को प्रबिण राई बेपत्ता भएका छन् ।

बुधबार बिहान साढे ११ बजे माछा मार्ने क्रममा नदीले बगाई बेपत्ता बनाएको भनि दिउँसो साढे ३ बजे इलाका प्रहरी कार्यालय लिम्चुङबुङमा खबर पाउना साथ तत्काल खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा खोजतलास भईरहेकोमा हाल सम्म फेला नपरेको उक्त कार्यालयले जनाएको छ ।