भोजपुर / भोजपुरको साल्पा सिलिछो गाउपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा छनौट भएका स्थानीयलाई रोजगारी दिन सुरु गरको छ । छनौट भएका स्थानीय कामदारलाई कृषि, सडक, वातावरण, वनलगायत क्षेत्रमा काम गर्ने गरी रोजगारी दिन सुरु गरिएको हो । सय दिनसम्म कुनै पनि रोजगारमा नजोडिएको २० जना स्थानियलाई छनौट गरी रोजगारी प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष महेश राईले बताए ।
अध्यक्ष राईका अनुसार रोजगार कार्यक्रमको प्रथम चरण अन्तर्गत वडा नम्बर २ र ३ का १० जना महिला र ३० जना पुरुष गरी ४० जनालाई रोजगारी दिएको छ । उनीहरूलाई वडा कार्यालय वरपर सरसफाइ गर्ने, बाटो छेउमा बिरुवा रोप्ने, सडकको नाली खन्ने तथा सडक सफा गर्ने लगायत काम दिईएको अध्यक्ष राईले जानकारी दिए । रोजगारीका लागी छनौट भएका कामदारलाई २५ दिनको रोजगारी प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । उनीहरुलाई दैनिक ५ सय १७ रुपैयाँ पारिश्रमिक प्रदान गर्ने निर्णय गरिएको छ ।