धरान / सरकारले ल्याउन खोजेको गुठी विधेयक खारेज गर्न माग गर्दै धरानमा पनि बुधबार दिउसो वृहत प्रर्दशन गरिएको छ । धर्म तथा सँस्कृति मास्ने नियतले सरकारले विधेयक ल्याएको भन्दै धरानका नेवार समुदायको नेतृत्वमा प्रर्दशन भएको हो ।
नेवा देय दबुले आयोजना गरेको प्रर्दशनमा विभिन्न धार्मिक समुदाय, आदिबासी जनजाति महासंघलगायतको पनि सहभागिता रहेको थियो । भानुचोकको लोकतान्त्रिक चौतारीमा कोणसभामा भएको थियो । कोणसभालाई दबुका जिल्ला अध्यक्ष तीर्थ मास्के, विश्व हिन्दु महासंघका अध्यक्ष आनन्द आचार्य, दबुका सल्लाहकार राजुमान श्रेष्ठ, आदिबासी जनजाति महासंघका नगर अध्यक्ष सुवास हुक्पा चोङवाङलगायतले सम्बोधन गरेका थिए ।