पाँचथर/ १ नम्बर प्रदेश सरकारको लगानीमा धार्मिक पर्यटकीयस्थल फिदिम–५, लब्रेकुटीमा धार्मिक प्रवचन मैदान तथा सवारी पार्किङस्थल निर्माण भइरहेको छ ।
१६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको कर्मभूमिका रूपमा परिचित लब्रेकुटीक्षेत्रको विकास र प्रवद्र्धनका लागि मैदान र पार्किङस्थल निर्माण भइरहेको हो ।
एक सय दश मिटर लम्बाई र ४५ मिटर चौडाइको धार्मिक प्रवचन मैदान निर्माण भइरहेको छ ।
त्यस्तै ५० वटा ठूला सवारी साधन अटाउने पार्किङस्थलसमेत सँगै निर्माण भइरहेको मैदान तथा पार्किङस्थल निर्माण उपभोक्ता समितिका सचिव सुवास तुम्बापोले बताए ।
उक्त संरचना निर्माणका लागि एक नम्बर प्रदेश सरकारले ८० लाख रुपैयाँ बजेट छुट्याएको बताइएको छ । लब्रेकुटीक्षेत्रको चौतर्फी विकास र प्रवद्र्धनका लागि फिदिमस्थित नयाँ सहरी विकास कार्यालयले डिपिआरसमेत गरिसकेको छ ।