सुनसरी ।सुनसरीको धरान उप-महानगरपालिका-१७ पट्नाली बस्ने ५५ बर्षीया धनमाया कार्कीको करेन्ट लागेर मृत्यु भएको छ । घर नजिकै रहेको साजको रुखमा चढी घाँस काट्ने क्रममा घाँसको हाँगाले बिद्युतको नाङगो तारमा छुन गई करेन्ट लाग्दा कार्की गम्भीर घाईते भएकी थिईन ।
घाईतेलाई उपचारको लागि तत्काल बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा लगिएकोमा उपचारकै क्रममा दिउँसो साँढे २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मृतकको शव परिक्षणको लागि सोही अस्पतालमा राखिएको उक्त कार्यालयले जनाएको छ ।