भद्रपुर / झापाका एक युवकले अजिङ्गर फेला पारेका छन् । भद्रपुर ७ का अन्दाजी २५ वर्षय युवराज न्यौपानेले फेला पारेको डिभिजन वन कार्यालयले जनाएको छ । भद्रपुर २ पृथीवीनगरस्थित कमलधाप धार्मिक क्षेत्रमा ट्रस्टको काम गर्ने क्रममा छिमेकीको जमिनबाट फेला पारेको न्यौपानेले बताए । फेला पारेको अजिङ्गरलाई बोरामा राखेर सोमबार साँझ घर ल्याएको उनले बताए । स्थानीय हरी कोइरालाले डिभिजन वन कार्यालयमा खबर गरेका थिए । वनबाट आएका प्राविधिक टोलीले अनुसन्धान गरेका थिए । ५ फिट लम्बाइ, ८ इन्च गोलाई भएको अजिङ्गर अन्दाजी ५ किलो वजन रहेको रामनाथ यादवले बताए । अजिङ्गरलाई हल्दिबारी २ स्थित भेलागढी वन क्षेत्रमा छाडिएको यादवले जनााए । नजिकै रहेको कमलधाप सीमसार क्षेत्रबाट वाहिर निश्किएको हुनसक्ने उनले जनाए ।