झापा/ झापाको मेचीनगर नगरपालिका-९ का ४५ बर्षीय कृष्ण चौधरीको करेन्ट लागरे मृत्यु भएको छ ।

सोमवार दिउँसो ३ बजेको समयमा स्थानीय मणी कुमार लिम्बुको घरमा कुखुराको खोरमा बिजुलीको तार जोड्ने क्रममा करेण्ट लागेर लागेको गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि वि.एण्ड. सी. अस्पताल बिर्तामोड पठाईएको थियो ।

निजको उपचारको क्रममा दिउँसो साढे ३ बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।