धरान । लागूऔषध र मोटरसाइकल छाडेर पटके लागूऔषध कारोबारी भागेका छन् ।
धरानको भानुचौकस्थित घण्टाघरको पूर्वतर्फ सशस्त्र प्रहरीलाई देख्नेबित्तिकै ३ सय ३३ एम्पुल लागूऔषध र मोटरसाइकल छाडेर भागेका हुन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट धरानले मङ्गलबार पत्रकार सम्मेलन गर्दै लागूऔषध र अभियुक्तले प्रयोग गरेको को ३१ प ६०७३ नम्बरको मोटरसाइकल सार्वजनिक गरेको छ । प्रहरीले सोमबार साँझ लागूऔषध र मोटरसाइकल बरामद गरेको हो ।
सशस्त्र प्रहरीका इन्स्पेक्टर ज्ञानबहादुर श्रेष्ठका अनुसार डाइजेल्याब १०४, एभिल ११८, लुपिजेसिक १११ एम्पुल बरामद गरिएको छ ।