सुनसरी/ इटहरी-९ हस्पिटल चोकबाट प्रहरीले लागूऔषधसहित सोमबार एक जनालाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सोही नगरपालिका बस्ने बर्ष २८ को सुरज सापकोटालाई पक्राउ गरेको हो ।

दिउँसो २ बजे शंकास्पद अवस्थामा हिडिरहेका सापकोटालाई चेकजाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई राखेको लागूऔषध नाईट्रोसन ट्याब्लेट-१ सय ३६ चक्की र डाईलेक्स डि.सी. ४ बोतल बरामद गरेको थियो ।

लागऔषध सहित पक्राउ परेका सापकोटालाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।