पथरी / कानेपोखरी गाउँपालिका वडा नंं.–४, मा रहेको वडाकै एक मात्र खेलमैदान सरकारी जग्गा भूमाफियाहरुले व्यक्तिलाई बिक्री गरेको पाइएको छ ।
मातृभूमि समाज सेवा क्लबले संरक्षण गर्दै आएको लगभग १ कट्ठा जग्गा स्थानीय केही व्यक्तिहरुले विक्रि गरेको हो । स्थानीय नेता अमृत लिम्बू साची बसेर गरेको कागजमा झापाका सहनलाल चौधरीलाई बेचेको खुलेको छ । उनले कागजमा ३ हजार भए पनि २० हजारमा किनबेच भएको खुलेको छ । कागज केहि दिन अघि लेखिएको स्थानीयले बताएका छन् । तर ४ बर्ष अघि काजग गरेको जग्गा क्रेता चौधरीले बताए । स्थानीय डोमा मुसहरले बेचेको कागज बनाएको छ तर डोमा मुसर मृत्यु भएको दुई बर्ष विति सक्यो ।
डाँसखोलाको झोलुङ्गे पुलको छेउको बगरको रुपमा रहेको जग्गा क्लबले तीन दशक अघि देखि खोलाको छेउको भाग नर्सरी बनाई बाँकी भाग खेलमैदानको रुपमा प्रयोग गर्दै आएको थियो । जुन खेलमैदानमा बार्षिकरुपमा फुटबल प्रतियोगिता हुँर्दै आएको छ ।
क्लबका सचिव उदिप लिम्बूले यो सार्वजानीक जग्गा किनबेच हुर्दैन, जस्ले बेचेर घर बनाउन लगायो त्यसले नै हटाईदिनु अनुरोध गर्दै नभत्काए युुवाहरुले आफै भत्काई दिने चेतावनी दिए । त्यसैगरी क्लबका संरक्षक अशोक राईले खेलमैदान भनेको हाम्रो वडा नं. ४ को गहना हो, यस्तो बेचविखन क्रियाकलापको पहिचान गरी संलग्न सवै जना कारवाही हुनु पर्ने माग राखेको छ ।
कानेपोखरी गाउँपालिका वडा नंं ४, का वडाध्यक्ष धनबहादुर राईले यसरी खेलमैदन नै बेचविखन भएको सुन्नमा आएको छ, त्यसो हो भने बेच्नेको पहिचान गरी कारबाही हुँने बताए ।