राजविराज /  सप्तरीमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका ६ स्थित देवधार चौकमा यात्रु वस र मोटरसाईकल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाईकलमा सवार सप्तरीको खड्क नगरपालिका ४ का २६ वर्षीय नबिन चौधरी र सिरहाको लहान नगरपालिका १२ का २७ वर्षीय ओमप्रकाश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पश्चिम जादै गरेको ना ५ ख ४६९२ नम्वरको वस र पूर्व जाँदै गरेको स ९ प ६१८३ नम्वरको मोटरसाईकल आपसमा ठोक्किदा दुवै जना घाईते भएका थिए । उपचारका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल भर्ना गरिएका उनीहरुको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।