मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं ९ बजारबाट करिब २ सय मिटरको दुरी उर्लाबारी मधुमल्ला सडक खण्डमा बम जस्तै देखिने संकास्पद बस्तु रक्सीको खाली २ वटा खाली सीसीले स्थानीयलाई त्रसित बनाएकाे छ ।

 बिहान करिव ९ः३० बजेको समयमा सो शकास्पद बस्तु राखेका थिए । प्रहरीले बम हुन सक्ने आसंकामा लगभग ७ घण्टा  उक्त स्थानलाई नियन्त्रणमा लिएको थियाे ।  इटहरीबाट आएको नेपाली सेनाकाे टाेलीले विष्पोजल गर्न लाग्दा सिग्नेचरका २ वटा खाली सीसीलाई कालो प्लाष्टिकले बेरेर तारले पोको पारिएको राखिएकाे पाइएकाे थियाे ।