इटहरी  / नेत्रविक्रम चन्द (विप्लव) नेत्रीत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दमा बम आतंक बढेको छ । सुनसरीको इटहरीमा बम डिस्पोज भएको केहि घण्टा नवित्दै इटहरीमै पुःन बम फेला परेको छ । विहान चारकोशे झाडी स्थित सेउती पुलमा २ वटा वम डिस्पोज गरिएको थियो ।
पुःन इटहरी १२ खनारमा बम भेटिएको छ । खनारमा बम भेटिए पछि डिस्पोजल टोली घट्नास्थल तिर आउँदै गरेको प्रहरीले जनाएको छ । यति बेला यस्त क्षेत्रमा यातायात अवरुद्ध बनेको छ ।