Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /अपराध
अपराध

वडाध्यक्ष नै कुटपिट र लुटपाटमा

र रासस जेठ १३, २०७६ ३ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
वडाध्यक्ष नै कुटपिट र लुटपाटमा
 
गौशाला /  महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ का वडाध्यक्ष राकेश राउतमाथि आइतबार आफ्नै वडामा कुटपिट र लुटपाट गरेको आरोप लगाइएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार वडाध्यक्ष राउतमाथि आफ्नै वडाका एक व्यक्तिलाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको तथा एक जनाको रु दुई लाख लुटेको आरोप लगाइएको हो ।
 
जलेश्वर–५ चौरिया गाउँमा स्थानीयवासी वासुकी चौधरी र शशिकान्त चौधरीबीच आपसी झै–झगडा र गालीगलौज हुँदा शशिकान्त चौधरीले वडाध्यक्षलाई फोन गरेर बोलाएपछि वडाध्यक्ष र उनीसँगै आएका आठ÷१० जनाको समूहले वासुकी चौधरीलाई मरणासन्न हुनेगरी कुटपिट गरेर गम्भीर घाइते बनाएको निजकी आमा महामायादेवीले आरोप लगाएको महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । वडाध्यक्ष राउतका साथै उनीसँगै आएका सुशील राउत, दिलीप राउत, राजु शर्मा, उदय रायसहित आठ÷१० जनाको समूहले वासुकी चौधरीलाई विवाद समाधानका लागि वडा कार्यालयमा जान भनेको तर उनले आफू पहिला प्रहरीमा जाहेरी दिने र त्यसपछि मात्रै वडामा जाने भनेपछि वडाध्यक्ष राउतसहित पूरै समूहले उनलाई भुइँमा लछारपछार गर्दै मरनासन्न गरी कुटपिट गरेको प्रहरीले उनकी आमालाई उद्धृत गर्दै जनाएको छ ।
 
वडाध्यक्षसँगै हातमा लगाउने फलामको फाइबर हतियारसहित आएका उनका साथीले वासुकी चौधरीको अनुहार, टाउकोमा कुटपिट गरेपछि उनी लडेका थिए भने लडेपछि पनि बुटले उनको छाती र शरीरभरि कुटपिट गरी उनलाई गम्भीर घाइते बनाएको प्रत्यक्षदर्शी स्थानीयवासीले बताएका छन् । साथै उनीसँगै आएका उदय रायले इँटा उठाएर ज्यानै मार्ने प्रयाससमेत गरेको उनीहरुले बताएका छन् । अनुहार, टाउको, छाती र शरीरको अन्य भागमा चोट लागेर गम्भीर घाइते भएका वासुकीलाई जिल्ला अस्पताल जलेश्वरमा सामान्य उपचार पश्चात थप उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । वासुकी चौधरीलाई एक्कासि वडाध्यक्ष र उनका साथी आएर मरणासन्न हुनेगरी कुटपिट गरिरहेको देखेर स्थानीयवासीले उनीहरुलाई घेरा हाली समातेका थिए र सबैलाई नियन्त्रणमा लिएर उदय चौधरीलाई एउटा रुखमा बाँधेर राखेका थिए । नियन्त्रणमा लिइएका वडाध्यक्ष तथा उनका साथीलाई प्रहरीचौकी पर्सापतैलीका प्रहरी सहायक निरीक्षक श्याम सिंहले घटनास्थलबाट भगाएको स्थानीवासीले आरोप लगाएका छन् । तर प्रहरीले वासुकीलाई इँटाले हिर्काउन लागेका उदय रायलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । यसै घटनाबारे जलेश्वरनाथ एफएममा कार्यरत पत्रकार नवीन चौधरीले महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई सो गाउँमा ठूलो दुर्घटना हुन लागेकाले प्रहरी पठाई अवस्था सामान्य गराइदिनुस् भनी जानकारी गराउँदा वडाध्यक्ष राउत र उनका साथीले पत्रकार चौधरीलाई ज्यान मार्ने धम्कीसमेत दिएको स्थानीयवासी गोपाल कापर र रासोदेवीले बताइन ।
प्रहरी सहायक निरीक्षक सिंहले घटनास्थलबाट वडाध्यक्ष राउत र उनका साथीलाई उम्काइदिएपछि वडा कार्यालयतिर आउँदै गरेका उनीहरुले विपरीत दिशाबाट जाँदै गरेका मटिहानी नपा–९ स्थित बहुअर्बा चोकमा शिव टे«डर्स सञ्चालन गर्दै आएका जलेश्वर–५ बस्ने सीतानन्दन राय र उनका साथी राम एकवाल कापरलाई पर्सा मावि नजिकै रोकेर दुवै जनालाई कुटपिट गर्दै घाइते बनाएर रायको साथमा रहेको रु दुई लाखसमेत लुटेको उनका बुबा राघवेन्द्र रायले जिल्ला प्रहरी कार्यालयमा आएर प्रहरी नायब उपरीक्षक समक्ष जानकारी दिएका छन् ।
कुटपिट गरी घाइते बनाइएका राय पनि उपचारका लागि अस्पताल पुगेका छन् भने उनका साथी राम एकवाल कापर ज्यान जोगाएर गाउँतिरै भागेको स्थानीय नेता धमेन्द्र रायले बताए । सोही घटनाका क्रममा शशिकान्त चौधरी, जगदीश कापर लगायतका व्यक्ति पनि सामान्य चोटपटक लागेर उपचारका लागि जलेश्वर अस्पताल पुगेका छन् । अहिले जलेश्वर नगरपालिका–५ को अवस्था तनावग्रस्त छ भने त्यहाँ व्यापकरूपमा प्रहरी परिचालन गरिएको छ । यता वडाध्यक्ष र उनका साथी अहिले घटनास्थल तथा गाउँमा नरहेको प्रहरीले जनाएको छ ।
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

विराटनगर बसपार्क क्षेत्रका होटलबाट १७ महिला प्रहरी नियन्त्रणमा
असोज १२, २०८३
साढे तीन महिनापछि सुकेटारमा हवाई उडान
असोज १२, २०८३
शिक्षामा विकृत राजनीतिः बाल सञ्जाल नै विभाजित
असोज १२, २०८३
छापा संस्करण [ePaper]
  1. विश्वमा अझै घातक बनिरहेको छ रेबिज
    असोज १२, २०८३
  2. विराटनगर बसपार्क क्षेत्रका होटलबाट १७ महिला प्रहरी नियन्त्रणमा
    असोज १२, २०८३
  3. साढे तीन महिनापछि सुकेटारमा हवाई उडान
    असोज १२, २०८३
  4. शिक्षामा विकृत राजनीतिः बाल सञ्जाल नै विभाजित
    असोज १२, २०८३
  5. नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो
    असोज १२, २०८३
  6. ब्राउन सुगरसहित सुनसरीमा चार जना पक्राउ
    असोज १२, २०८३
  7. गौधारा फेस्टिभ कप अन्डर–१४ फुटबल प्रतियोगिता हुँदै
    असोज १२, २०८३
  8. विनोद केसरीको घरमा छापा
    असोज १२, २०८३
  9. गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड
    असोज १२, २०८३
  10. खुकुरी, इन्सासको गोली र बारुदसहित एक जना पक्राउ
    असोज १२, २०८३
  11. धरानको शिक्षामा विकृतिः शिक्षक नियुक्ति गर्न भनी गरिएको नगरको पत्राचार नीतिविपरीत
    असोज १२, २०८३
  12. हिमपहिरोमा परी चार जनाको मृत्यु, अझै ८ जना सम्पर्कविहीन
    असोज १२, २०८३
  13. चाडपर्वमा यात्रु आवागमन सहज बनाउन संसदीय समितिको निर्देशन
    असोज १२, २०८३
  14. जापानको कुमामोतोमा भूकम्पपछि ७१ हजारभन्दा बढी घरमा क्षति
    असोज १२, २०८३
  15. कालीगण्डकी नदीको बहाव हेर्दा
    असोज १२, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड